६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

नवौं मणिमुकुन्द राष्ट्रिय भलिबल प्रतियोगिता : सेमिफाईलमा तीन विभागीय सहित गण्डकी भिड्दै



बुटवल । रुपन्देहीको तिलोत्तमामा जारी नवौं मणिमुकुन्द कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा बिभागीय टिमको दबदबा कायमै रहेको छ ।

बिभागीय टिम नेपाल पुलिस, एपिएफ, त्रिभुवन आर्मी र गण्डकी प्रदेश खेलको सेमिफाईनल पुगेपछी फाईनल रोचक हुने देखीएको छ । मंगलबार भएको प्रतियोगितामा नेपाल पुलिस क्लब र कोशी प्रदेश बिच भएको खेलमा नेपाल पुलिस क्लबले सोझो सेटमा कोशीलाई हराउन सफल भएको छ । प्रहरीले २५-१७, २५-१३, २५-१५ मा कोशीलाई रोक्दै नेपाल पुलिस क्लब बिजयी भएको हो । खेलमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै नेपाल पुलिस क्लबका खेलाडी पहल गहतराजलाई खेलको म्यान अफ द म्याच हुन सफल भएका छन ।

उनलाई नगद सहित सम्मान गरिएको हो । बिजयी सँगै नेपाल पुलिस क्लब उपाधिको दाबेदार देखीएको छ । दोस्रो खेल बाग्मती प्रदेश एपिएफ बिच भएको खेलमा एपिएफ क्लब बिजयी भएको हो । एपिएफले पहिलो सेट २५-१८ बनाएर पहिलो सेट हात पारेको थियो तर दोस्रो सेट भने बाग्मतीले एपिएफलाई १८ मा रोक्दै २५ बनाएर पुनः खेल बराबरी बनाएको थियो । एक एक सेट बाढेको प्रतियोगितामा २ सेट भने एपिएफले आफनो कोल्टामा पार्न सफल भएको छ । एपिएफले २५-१९, २५-१९, मा रोक्दै सेमिफाईनल यात्रा तय गरेको हो । खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै एपिएफ क्लबका खेलाडी लोकेन्द्र गिरी म्यान अफ द म्याच हुन सफल भएका छन । उनलाई नगद सहित सम्मान गरीएको हो ।

तेस्रो सेट त्रिभुवन आर्मी क्लब र सुदुरपश्चिम प्रदेश बिच भएको खेलमा सोझो सेटमा त्रिभुवन आर्मी क्लब बिजयी भएको छ । आर्मीले २५-१५, २५-१९, २५-१९, बनाएर जित हात पारेको हो । खेलमा उत्कृष्ट खेद प्रदर्शन गरेको भन्दै त्रिभुवन आर्मीका खेलाडी हरि अधिकारीलाई प्रतियोगितको म्यान अफद म्याच घोसित गरीएको थियो ।

उनलाई नगद सहित सम्मान गरीएको हो । चौंथो खेल गण्डकी प्रदेश र लुम्बिनी प्रदेश बिच भएको खेलमा गण्डकी प्रदेश बिजयी भएको छ । गण्डकीले २५-१७, २५-१८, २५-२२, मा लुम्बिनीलाई रोक्दै गण्डकी सेमिफाईनल पुगेको हो । प्रतियोगितामा उत्कुष्ट खेल प्रदर्शन गरेको भन्दै गण्डकीका खेलाडी बिश्वास अधिकारी खेलको म्यान अफद म्याच हुन सफल भएका छन । उनलाई खेलकुद परिषद्का लुम्बिनीका सदस्य सचिव जयप्रकाश भटराईले नगद सहित सम्मान गरेका थिए ।

प्रतियोगितामा प्रथम टिमले नगद २ लाख १ रुपैँया सहित कप, मेडल, प्रमाणपत्र पाउने छन । द्वितिय हुनेले १ लाख ५० हजार १ रुपैया नगद कप मेडल प्रमाणपत्र हात पार्नेछन । तृतिय हुनेले नगद १ लाख १ रुपैया नगद सहित कप मेडल प्रमाणपत्र पाउने छन भने सान्त्वना स्थान हुनेले नगद ५० हजार १ रुपैया सहित कप मेडल प्रमाणपत्र पाउने खेल सयोजक सुरेन्द्र गुरुङले बताए । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई विधागत रुपमा नगद सहित मायाको चिनोले सम्मान गर्ने आयोजक क्लब मणिमुकुन्द भलिबल क्लबका सल्लाहकार मिलन रानाले बताए । प्रतियोगिता माघ ३ गते सम्म सञ्चालन हुने छ । खेलको मुख्य प्रायोजक तिलोत्तमा नगरपालीकाले रहेको छ । भने प्रदेश खेलकुद परिषद लुम्बिनीको खेल प्रर्वद्धक नेपाल भलिवल संघ रहेको छ । लुम्बिनी प्रदेश भलिबल संघ, जिल्ला भलिबलको विशेष सहयोगमा प्रतियोगीता जारी रहेको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ७ : १८ बजे

संरक्षणको प्रतीक्षामा खोकनाका पोखरी

ललितपुर । ललितपुर महानगरपालिका-२१ खोकनामा ‘खा’, ‘गा’, ‘फङा’ र ‘कमल’

गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय

काठमाडौं । विपक्षी दलहरूले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा

जलवायु जोखिम : हिमाली मुलुकका मुद्दा स्थापित गर्न अन्तर्राष्ट्रिय संवाद, २३ देशका विज्ञ सहभागी हुँदै

काठमाडौं । पर्वतीय मुलुक नेपालले लामो समयदेखि अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु

प्रहरी जवानको हत्या आरोपमा छ जना पक्राउ

काठमाडौं । प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा छजनालाई पक्राउ

सुनको मुल्य अहिलेसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।