१ भदौ २०८३, सोमबार | August 17, 2026

नवौं मणिमुकुन्द भलिबल कपको उपाधि आर्मीलाई



बुटवल । नवौं मणिमुकुन्द कप राष्ट्रिय स्तर भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । रुपन्देहीको तिलोत्तमा बिहीबार भएको फाइनलमा गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा हराउँदै आर्मीले उपाधि जितेको हो ।

त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई २५-२१, २५-१८ र २५-२१ ले हराउँदै उपाधि जितेको हो । युवा खेलाडीहरु लिएर मैदानमा उत्रिएको गण्डकी प्रदेशले उप विजेतामा चित्त बुझाउनु परेको छ । यसैगरी विभागीय टोली एपिएफ तेस्रो भएको छ ।

अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा हराउँदै तेस्रो स्थान हासिल गरेको हो । एपिएफले २५-२०,२५-२० र २५-१७ को सहज जित निकालेको थियो। सेमिफाइनलमा बुधबार गण्डकीले पुलिसलाई ३-२ ले र आर्मीले एपिएफलाई ३-० हराउँदै फाइनल भेट पक्का गरेका थिए ।

प्रतियोगितामा ७ प्रदेश र ३ विभागि गरि १० टोलीको सहभागिता थियो । प्रतियोगिताको विजेताले २ लाख १ रुपैयाँ नगद राशीसहित कप मेडल र प्रमाणपत्र हात पारेको छ ।

दोस्रोले हुने समुहले १ लाख ५० एक रुपैया र तेस्रोले १ लाख १ रुपैयाँ हात पारेका छन् । लिगकम नकआउटका आधारमा भएको खेलमा अन्तिम ४ मा पुगेको टोली नेपाल पुलिसले नगद राशी ५० हजार हात पारेको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार  ६ : २५ बजे

भारतीय स्थल सेनाध्यक्ष सेठलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिइँदै

काठमाडौं । भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठलाई आज नेपाली

पश्चिम नेपालमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

धादिङमा सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

धादिङ । धादिङको गजुरी गाउँपालिका-२ चालिसेमा सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग

बडीमालिका पूजा आजदेखि प्रारम्भ

बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिका मन्दिरमा आजदेखि

आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेश सभाबाट