५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

भरूवा बन्दुकको गोली लागेर युवकको मृत्यु



दाङ । शान्तिनगर गाउँपालिका–१ स्थित बान्द्रेखोला जंगलमा गोली लागेर एक युवकको ज्यान गएको छ।

इलाका प्रहरी प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक नवचन्द्र  मल्लका अनुसार शनिबार राति १ बजेतिर बबई गाउँपालिका–४ ठाटीखोलाका २४ बर्षीय तेजलाल खत्रीको शव जंगलमा फेला परेको थियो।

शिकार खेल्न गएकामध्ये एक जनाको गोली लागेर जंगलमा मृत्यु भएको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय खिलतपुरबाट प्रहरी निरीक्षक अजयजंग थापाको नेतृत्वमा गएको १३ जनाको प्रहरी टोलीले शान्तिनगरको बान्द्रखोला जंगलमा खत्रीलाई मृत अवस्थामा फेला परेको हो।

खत्रीको एउटा हात बारुदले जलेको जस्तो देखिएको र छातिमा भरुवा बन्दुकको गोली लागेको प्रहरीले जनाएको छ। शव पोष्टमर्टमका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याइएको छ।

खत्रीसँगै चोरी शिकारमा निस्किएका सबैको पहिचान भइसकेको भए पनि सबै फरार रहेको हुँदा खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  ६ : ५९ बजे

प्रहरीका निःशुल्क बस सेवाबाट तीन हजार भन्दा बढी यात्रु लाभान्वित

काठमाडौँ । बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल

पाकिस्तानका हुसेनले तलतले कर्णाली ‘याक्स’बाट एनपिएल खेल्ने

काठमाडौं । पाकिस्तानका ‘अलराउन्डर’ हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल)को

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को

काठमाडौं । नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा

मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी