५ चैत्र २०८२, बिहिबार | March 20, 2026

यतीको जहाज नेपालगन्जबाट पहिलो पटक ७२ यात्रुलाई जनकपुर घुमाएर नेपालगन्ज आइपुग्यो



नेपालगन्ज । आन्तरिक धार्मिक पर्यटन सहित भारतको अयोध्यालाई जनकपुरसँग जोड्ने उद्देश्यका साथ नेपालगन्जबाट बिश्वभरीका हिन्दुहरुको धार्मिक स्थल जनकपुरधामका लागि पहिलो हवाई उडान भएको छ । धार्मिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यसहित पहिलो पटक लुम्बिनी प्रदेशको नेपालगन्जबाट मधेश प्रदेशको राजधानी जनकपुरका लागि हवाई उडान शुरु भएको हो ।

यति एयरलाइन्सले शुरु गरेको पहिलो प्रवर्द्धनात्मक उडान शनिवार दिउँसो नेपालगन्ज विमानस्थलबाट २ बजेर ४० मिनेटमा ७२ जना यात्रु बोकेर जनकपुरका लागि उडेको थियो ।

यति एयरलाइन्स नेपालगञ्जका प्रमुख दिलीप कार्कीका अनुसार जनकपुरको जानकी मन्दिर दर्शन गर्न जाने र जनकपुरबाट नेपालगन्जको बागेश्वरी मन्दिरसहित भारतको अयोध्यास्थित राम मन्दिर दर्शन गर्न आउने धार्मिक यात्रुको सुविधालाई ध्यानमा राखेर नेपालगन्ज–जनकपुर सिधा हवाई उडान शुरु गरिएको हो ।

उडानको पहिलो खेपमा ७२ जना यात्रु र एक जना बच्चासहित जहाज जनकपुर पुगेर फर्किएको कार्कीले बताए ।

जनकपुरका लागि गरिएको पहिलो प्रवर्द्धनात्मक उडानमा लुम्बिनी प्रदेशका सहरी विकासमन्त्री कृष्णा केसी, लुम्बिनी प्रदेश सभाका सदस्य अम्बिका काफ्ले, नेपालगञ्ज उपमहानगरपालिका मेयर प्रशान्त विष्ट, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टङ्क धामी, पूर्व अध्यक्षहरू नन्दलाल वैश्य र कृष्णप्रसाद श्रेष्ठसहित नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देल जनकपुर पुगेर फर्केका छन् ।

उडान शुरु हुनुअघि गरिएको कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका सहरी विकास मन्त्री केसीले यो उडानले देशका दुई ऐतिहासिक धार्मिक सहरबिच सम्बन्ध जोड्नुका साथै आन्तरिक पर्यटन प्रवर्धनमा ठुलो टेवा पुग्ने बताइन् ।

नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्ट्स बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलका अनुसार नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) बाँके च्याप्टर र नाट्टा मधेस प्रदेशको संयोजनमा यति एयरलाइन्सले प्रबद्र्धनात्मक उडान गरेको हो । बुद्धले पोखराकालागि उडान भरे जस्तै नियमित उडान गर्न एयरलायन्स कम्पनीहरुलाई सिग्देलले आग्रह गरे । ‘उडान तालिकामा नहाले सम्म मुलतः चार्टर उडान नै हुने हो, हामीले नियमित उडान गरिदिन आग्रह गरेका छौं ।’ उनले भने ।

उडानका लागि यति एयरलाइन्सले एकतर्फी भाडा आठ हजार ५०० निर्धारण गरेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  १० : २२ बजे

कक्षाभरि झुसिल्किरा : शिक्षक र विद्यार्थी जीउ कन्याउँदै हैरान

गोरखा । बारपाक सुलिकोट गाउँपालिका–३ खारचोक भञ्ज्याङस्थित अकला आधारभूत विद्यालयका

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला । प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौँ । प्रहरीले जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता रु २८४ खर्च

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन

नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते

काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ यही चैत १३ गते हुनेभएको