७ चैत्र २०८२, शनिबार | March 21, 2026

किवानिज क्लब अफ रुपन्देही लुम्बिनीद्वारा विद्यार्थीलाई एक वर्षमा १० लाख बढी राहत वितरण



बुटवल । बालबालिकाको क्षेत्रमा काम गर्दै आएको ‘किवानिज क्लब अफ रुपन्देही लुम्बिनी’को तेस्रो बैठक सहयोगका लागि विद्यालय छनोट लगायतका निर्णयसहित शुक्रबार सम्पन्न भएको छ । किवानिज क्लबले सदस्यहरुबाट नै आर्थिक संकलन गरी विभिन्न शैक्षिक संस्थाहरुमा विपन्न तथा गरिव परिवारका विद्यार्थीलाई सहयोग उपलब्ध गराउँदै आएको छ ।

यसैबीच तिलोत्तमा नगरपालिका-७ मा अवस्थित प्रभात माविका २ सय जना विद्यार्थीलाई जुत्ता, खेलकुदका सामग्री तथा स्टेश्नरीका सामग्री वितरण गर्ने निर्णय भएको अध्यक्ष मनोज आचार्यले जानकारी दिए । तिलोत्तमामा सम्पन्न बोर्ड मिटिङमा ३ जना नयाँ सदस्यहरुलाई स्वागत, विभिन्न संघ-संस्थाको नेतृत्वमा चयन भएका सदस्यहरुलाई सम्मान तथा आगामी मार्च ७ देखि ९ सम्म हुने एसिया प्यासेफिक सम्मेलनका लागि क्लबको प्रतिनिधित्व गरेर जान लागेका पूर्व अध्यक्ष सुरज पङ्गेनीलाई बधाईसहित विदाई कार्यक्रम सम्पन्न भएको अध्यक्ष आचार्यले जानकारी दिए ।

रुपन्देहीमा सन् २०१७ देखि सक्रिय हुँदै आएको किवानिज क्लबमा ३२ जना सदस्य रहेका छन् । क्लबले पछिल्लो १ वर्षको अवधिमा मात्रै रुपन्देहीका विभिन्न शैक्षिक संस्थाहरुमा विद्यार्थीलाई १० लाख रुपैयाँ बराबरको सहयोग उपलब्ध गराएको सचिव किशोर पङ्गेनीले जानकारी गराए ।

शुक्रबार आयोजित कार्यक्रममा क्लबका सदस्य विष्णु भण्डारी तिलोत्तमा-७ प्रगती टोल बिकास संस्थाको अध्यक्ष निर्वाचत भएको भन्दै खादा र माला लगाएर सम्मान गरिएको थियो । यसैगरी रुपन्देही रोडा ढुङ्गा व्यवसायी संघको अध्यक्षमा निर्वाचित क्बलका सदस्य गोविन्द भुसाल, तिलोत्तमा-९ स्थित गौतमबुद्ध सामुदायिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष बनेका नारायण पोखरेल तथा ड्रिम भ्यू रिसोर्ट सञ्चालनमा ल्याएका अशोक दर्लामीलाई क्लबले सम्मान गरेको थियो ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ७ : ४२ बजे

वर्षाका कारण इदगाहाको सामूहिक नमाज प्रभावित

नेपालगन्ज । अविरल रुपमा परेको वर्षाले नेपालगन्जमा मुस्लिम समुदायको महान

अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन

काठमाडौँ । आज ६१औँ अन्तरराष्ट्रिय जातिय विभेद उन्मूलन दिवस ‘समान

बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

काठमाडौँ । काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजी फ्रन्टकी संयोजक रक्षा बमको माग

काठमाडौं । नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले आन्दोलनका क्रममा

सिद्धबाबा क्षेत्रमा पहिरो, सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा लेदोसहित ढुङ्गा