५ जेष्ठ २०८१, शनिबार | May 19, 2024

मध्यस्थतासम्बन्धी पाँचदिने तालिम



काठमाडौं । लामो अदालती प्रक्रिया र पीडित तथा पीडक पक्षलाई न्याय दिलाउने सहज माध्यमका रूपमा रहेको मध्यस्थता क्षेत्रलाई सशक्त बनाउने उद्देश्यका साथ काठमाडौंमा ‘सम्झौता व्यवस्थापन तथा विवाद समाधान’सम्बन्धी पाँचदिने तालिम सञ्चालन भइरहेको छ ।

फागुन ४ गतेदेखि जारी तालिममा ‘सम्झौता मस्यौदाको सिद्धान्त र कर्पोरेट मुद्दा’, ‘नेपालमा अदालतको हस्तक्षेप र मध्यस्थताको निर्णयको कार्यान्वयन’ जस्ता १० विषयमा कार्यपत्र प्रस्तुत तथा प्रशिक्षण भइरहेको छ । पहिलो दिन डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) नेपालका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता सीताराम केसीको अध्यक्षता र नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेको प्रमुख आतिथ्यमा तालिम उद्घाटन गरिएको हो । तालिमको तेस्रो दिन आज ‘प्रशासन सम्झौतामा देखिएका समस्या’ र ‘दाबी, प्रतिरक्षा र काउन्टर दाबीको तयारी’का विषयमा प्रशिक्षण भइरहेको छ ।

डिएलए नेपाल र नेपाल मध्यस्थता परिषद् (नेप्का) को संयुक्त आयोजनामा मध्यस्थतासम्बन्धी पाँचदिने तालिम सञ्चालित भएको हो । तालिम यही आगामी मङ्गलबारसम्म जारी रहनेछ । लामो समयदेखि न्यायक्षेत्रमै रहेका पोख्त र अनुभवी व्यक्ति नै प्रशिक्षार्थीका रूपमा ५६ जना सहभागी छन् ।

नेपाल बार एशोसिएसनका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले यस्ता तालिमले नेपालको न्याय प्रक्रियालाई सहज र छिटोछरितो बनाउन मद्दत गर्नुका साथै थुप्रिएका मुद्दाको चाङलाई पनि घटाउन सहयोग पु¥याउने बताए ।

डिएलए नेपालका अध्यक्ष केसीले यसप्रकारको तालिमले सहभागी प्रशिक्षार्थीको क्षमता अभिवृद्धि हुने र मध्यस्थताका क्षेत्रमा योग्य र सक्षम जनशक्ति उत्पादन हुने विश्वास व्यक्त गरे । दुईपक्षीयरूपमा भएका सम्झौताको कार्यान्वयनका चरणमा देखिने समस्या र उत्पन्न हुने विवाद मध्यस्थतामार्फत निरुपण हुँदै आएको छ ।

अदालतमा मुद्दा प्रक्रियाबाटै यस्ता समस्याको निरुपण गर्न खोज्दा लामो समय लाग्ने हुँदा दुई पक्षको सहमतिमा मध्यस्थकर्ता नियुक्त गरी यस्ता समस्या समाधान गरिन्छ भने यसमार्फत भएको निर्णयलाई नै दुवै पक्षले स्वीकार गर्ने गर्छन् । यदि यस्तो निर्णयलाई कुनै पक्षले स्वीकार गर्न आनाकानी गरेमा त्यस्तो मुद्दामा पुनरावेदनमा जाने बाटो भने खुला रहन्छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ४ : ३३ बजे

दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

दाङ । दाङमा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु

आज रातीबाट दोस्रो पटक नेपालगन्ज नाका सिल

नेपालगन्ज । स्थानीय प्रशासनले आज रातीबाट नेपाल भारत सीमाको बाँके

एमाले बाँके नवौं अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदारी, निर्वाचन आइतबार बिहानै

नेपालगन्ज । बाँकेमा जारी नेकपा एमालेको नवौं जिल्ला अधिवेशनमा सर्व

संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत

काठमाडौं । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसद्को गतिरोध

भरतपुरमा सन्तानब्बे वर्षीयाको स्तन क्यान्सरको सफल शल्यक्रिया

चितवन । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया