११ बैशाख २०८३, शुक्रबार | April 24, 2026

क्यानडासँग नेपाल ‘ए’ टीम चार विकेटले पराजित



काठमाडौं । नेपाल ‘ए’ क्रिकेट टिम र क्यानडा-११ बीचको खेलमा नेपाल चार विकेटले पराजित भएको छ । २१७ रनको लक्ष्य क्यानडा-११ ले ४९ दशमलव ३ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ‌ओभरमा २१६ रन बनाएको थियो । सुरुवाती खराब सुरुवात गरे पनि क्यानडाले पछि लय समात्दै ठूलो साझेदारी गरेर खेल आफ्नो पक्षमा पार्‍यो ।

सुरुवाती १४ ओभरमै ५६ रन बनाउँदा क्यानडाले चार विकेट गुमाइसकेको थियो । तर क्यानडाका लागि नवनित दलिवालले ८० र निखिल दत्तले ६७ रन बनाएपछि नेपालको हातबाट खेल गुमेको हो ।

यसअघि नेपालको ब्याटिङमा बसिर अहमदले ५० रनको योगदान दिएका थिए । उनले ५५ रनको सामना गर्दै अर्धसतक पूरा गरेका थिए । त्यस्तै रासिद खानले ४०, मयान यादवले ३५ रन बनाए ।

यसैगरी किरण ठगुन्नाले २५ रन बनाउँदा विवेक यादवले २१ र सन्दीप जोराले १४ रनको योगदान दिए । क्याप्टेन विनोद भण्डारी भने ११ बल खेलेर ५ रन बनाउँदै आउट भए ।

नेपाल ए टिममा प्रधानमन्त्री कप, यू-१९ विश्वकप र नेपालको सिनियर टोलीमा नपरेका खेलाडीहरु समेटिएका छन् । नेपाल एको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली रहेका छन् । यो सिरिजको दोस्रो खेल मंगलबार र तेस्रो तथा अन्तिम खेल बिहीबार हुनेछ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ५ : ०१ बजे

सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले पुराना कार्यशैली र उपकरणहरूले मात्र

दोस्रो लखन कप फुटबल : उद्घाटन खेलमा शिवनगरको शानदार जित

बुटवल । दोस्रो लखन कप नकआउट फुटबल प्रतियोगिता २०८३ को

राप्रपा नेता विक्रम पाण्डे पक्राउ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा पूर्वमन्त्री विक्रम

चौँथो जिल्लास्तरीय मेयर कप खुला तेक्वाण्डो शुरु

बुटवल । चौँथो जिल्लास्तरीय मेयर कप खुला तेक्वाण्डो प्रतियोगिता २०८३

तनहुँमा बस दुर्घटना : दुई जनाको मृत्यु, नौ जना गम्भीर घाइते

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शेरामा आज दिउँसो भएको