५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

बलम्बु प्रहरी प्रभागमा गोली चल्दा इन्स्पेक्टरका बडिगार्ड घाइते



काठमाडौं । काठमाडौंको प्रहरी प्रभाग बलम्बुमा पेस्तोलबाट गोली चल्दा एक जना घाइते भएका छन्।

आइतबार साँझ ५ बजेतिर प्रभागका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरेन्द्र श्रेष्ठको पेस्तोल पड्किँदा एक जना घाइते भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ।

इन्स्पेक्टरले आफ्नो ड्युटी सकेर पेस्तोल बुझाउनेक्रममा दुर्घटनावश पड्किएर उनका आफ्नै बडिगार्ड घाइते भएको बताइएको छ। घाइते बडिगार्ड सिपाही आशिष जैसवालको उपचारका लागि एपिएफ अस्‍पताल लगिएको छ। उनी खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार एक जना सर्वसाधरणको पनि खुट्टाको औंलामा सामान्य चोट लागे पनि उनी उपचारपछि घर फर्किसकेका छन‍्। इन्स्पेक्टर श्रेष्ठमाथि अनुसन्धान गर्न नियन्त्रणमा लिइएको छ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ७ : ५८ बजे

प्रहरीका निःशुल्क बस सेवाबाट तीन हजार भन्दा बढी यात्रु लाभान्वित

काठमाडौँ । बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल

पाकिस्तानका हुसेनले तलतले कर्णाली ‘याक्स’बाट एनपिएल खेल्ने

काठमाडौं । पाकिस्तानका ‘अलराउन्डर’ हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल)को

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को

काठमाडौं । नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा

मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी