२४ मंसिर २०८२, बुधबार | December 10, 2025

लिग-२ मा आज नामिबिया र नेदरल्याण्डस भिड्दै



काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नामिबिया र नेदरल्याण्डसबीच खेल हुदै छ । त्रिभुवन विश्वविधालय, किर्तिपुरकाे खेल मैदानमा हुने यो खेल बिहान ९ः ३० बजेदेखि शुरु हुदैँछ ।

नामिबियाले पहिलो खेलमा नेपाललाई ४ विकेटले पराजित गर्दै यस सिरिजमा विजयी शुरुवात गरेको छ भने नेदरल्याण्डसले पहिलो खेलमा नेपालसँग ९ विकेटले हार बेहोरेर दोस्रो खेल खेल्दै छ ।

लिग-२ मा ८ देश खेलिरहेका छन् । जसमा नेपालसहित नेदरल्याण्डस, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन् ।

आइसीसीका अनुसार लिग-२ मा शिर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडी रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन् ।

खेल तालिकाः

फागुन ७ गते सोमबारः नामिबियाविरुद्ध नेदरल्यान्ड्स

फागुन ९ गते बुधबारः नेपालविरुद्ध नामिबिया

फागुन ११ गते शुक्रबारः नामिबियाविरुद्ध नेदरल्यान्ड्स

फागुन १३ गते आइतबारः नेपालविरुद्ध नेदरल्यान्ड्स

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ८ : १२ बजे

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन

आज अन्तरराष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

काठमाडौं । मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र

पूर्व-पश्चिम राजमार्ग विस्तार गर्न ६ हजार रुख काटिने

जलेश्वर । पूर्व-पश्चिम राजमार्ग विस्तारका लागि महोत्तरी जिल्लामा ६ हजार

आयोगले केही मतदानस्थलको पुनरावलोकन गर्दै

काठमाडौं । निर्वाचन आयोगले मतदाताको सहजताका लागि देशका विभिन्न मतदानस्थलको

एनपीएल इलिमिनेटर : काठमाडौं र लुम्बिनी पहिलोपटक प्लेअफमा आमनेसामने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको इलिमिनेटरमा आज