८ बैशाख २०८३, मंगलबार | April 21, 2026

बैंकिङ क्षेत्र लक्षित अराजक गतिविधिप्रति बैंक तथा वित्तीय संस्थाको ध्यानाकर्षण



काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले बैकिङ क्षेत्रलाई खलबलाउन केही अराजक गतिविधिहरु भइरहेको र सामाजिक संजालमा समेत प्रेषित गरिएका केही भ्रामक र गलत अभिव्यक्तिहरुप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् ।

पछिल्लो समयमा बैंकिङ क्षेत्रमा धेरै नकारात्मक असर परेकोले भ्रमक सुचना प्रति आइतबार नेपाल बैकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गर्दै बैंक तथा वित्तीय संस्था सुरक्षित रहेको बताएका हुन् ।

सबै बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेपकर्ताहरुको रकम पूर्णरुपमा सुरक्षित रहेको विज्ञप्तिमा उल्लेख छ । उनीहरुले सर्वसाधारणलाई त्रसित पार्ने, समाज खलबलाउने, गलत र आपत्तिजनक अभिव्यक्ति दिनेलाई कानुनको दायरामा ल्याई आवश्यक कारवाही गर्न समेत सरकारसँग आग्रह गरेका छन् ।

‘अन्तर्राष्ट्रिय बैंकिङ सिद्धान्तलाई आत्मसात गर्दै नेपाल राष्ट्र बैंकले तोकेको नीतिगत व्यवस्थाहरुको पालना गर्दै, नेपालको बैंकिङ क्षेत्र उदाहरणको रुपमा स्थापित भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाल राष्ट्र बैंकको सुक्ष्म निगरानी र सोको नीति/नियमहरुको अधिनमा रहेर प्रत्येक त्रैमासमा वित्तीय विवरण सार्वजनिक गर्दै आएको बैंकिङ क्षेत्र पारदर्शी मात्र नभई सुपरिवेक्षणीय दृष्टिकोणले समेत अब्बल रहेको छ ।’

नेपालका बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरुमा जोखिम बहन गर्ने क्षमता भएको र आजको दिनमा यी संस्थाहरु सुरक्षित रहेको दाबी पनि संघहरुको छ । ‘निक्षेपकर्ताहरुको रकम पूर्णरुपमा सुरक्षित रहेको र नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको ५ लाख रुपैयाँसम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको निक्षेप तथा कर्जा सुरक्षण कोष मार्फत् सुरक्षण गरिएको स्मरण गराउँदछौं,’ विज्ञप्तिमा भनिएको छ ।

हाल बैंक तथा वित्तीय संस्थाहरुमा ५ करोड ३५ लाखभन्दा धेरै निक्षेप खाताहरु र १८ लाख भन्दा धेरै कर्जा खाताहरु सञ्चालनमा बताएका छन् । यस्तै देशका ५४ वटा बैंक तथा वित्तीय संस्थाहरुले मुलुकको कुल ग्राहस्थ उत्पादनभन्दा धेरै निक्षेप संकलन तथा लगभग कुल ग्राहस्थ उत्पादन बराबरको कर्जा प्रवाह तथा अन्य बैंकिङ सेवाहरु आफ्ना ६४४१ शाखाहरु मार्फत देशभर प्रदान गर्दै आइरहेको बताएका हुन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ११ : २० बजे

एमालेले माग्यो गृहमन्त्री गुरुङको राजीनामा, उच्चस्तरीय छानबिन गर्न माग

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ विवादमा तानिएपछि उनको राजीनामाको माग

दाताले गरे पौडी पोखरीका लागि ‘वासिङ मसिन’ प्रदान

नेपालगन्ज । नेपालगन्जस्थित साविक मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको पौडी

प्रतिनिधिसभा बैठकमा फोटो, अडियो–भिडियो रेकर्डमा प्रतिबन्ध

काठमाडौं । प्रतिनिधिसभाको बैठक कक्षभित्र सांसदहरूले अब फोटो खिच्न तथा

प्रतिनिधिसभा नियमावलीको मस्यौदा सभामुखलाई बुझाइयो (पूर्णपाठसहित)

काठमाडौं । प्रतिनिधिसभा कार्य सञ्चालन नियमावलीको मस्यौदा सभामुख डोलप्रसाद अर्याल

लुम्बिनी प्रदेशसभा बैठक : दलित अधिकारसम्बन्धी विधेयक पारित

भालुवाङ । लुम्बिनी प्रदेशसभाले दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको