२२ मंसिर २०८२, सोमबार | December 8, 2025

नामिबियामाथि नेदरल्याण्डस ७ विकेटले विजयी



काठमाडौं । नेदरल्याण्डसले नामिबियालाई ७ विकेटले पराजित गरेको छ ।आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत टियु क्रिकेट मैदानमा सोमबार सम्पन्न खेलमा नेदरल्याण्डसले नामिबियालाई ७ विकेटले पराजित गरेको हो ।

नामिबियाले दिएको १२४ रनको लक्ष्य पछाएको नेदरल्याण्डसले २७.२ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले ३५.१ ओभरमा अल आउट हुदै १२३ रन मात्र बनाएको थियो ।

नामिबियाको ब्याटिंग लाइन ध्वस्त गर्ने क्रममा नेदरल्याण्डसका बलर आर्यन दत्तले सर्बाधिक ६ विकेट लिएका थिए । आर्यनले ९ ओभरमा ३४ रन दिएर ६ विकेट लिएका थिए । यो जितसँगै नेदरल्याण्डसले लिग-२ मा २ अंक हासिल गरेको छ । लिग-२ का २-२ खेल सकिदा नेपाल, नामिबिया र नेदरल्याण्डसको २-२ अंक भएको छ र रनरेटको आधारमा नेपाल शिर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ४ : १५ बजे

एनपिएल : आज कुनै पनि खेल नहुने

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा आज विश्राम

मालढुङ्गा–बेनी सडकः स्तरोन्नतिपछि यात्राअवधि छोटियो

म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा

पहिलोपटक खलङ्गा बजारमा ‘फायर हाइड्रेन्ट’ जडान भएपछि…

जुम्ला । चन्दननाथ नगरपालिका-५ स्थित खलङ्गा बजारको एक ‘मोबाइल’ पसलमा

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

काठमाडौं । सार्वजनिक संस्थानमा गरिएको करिब रू ४७ अर्ब सरकारी