१६ बैशाख २०८१, आइतबार | April 28, 2024

उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानबाट अनाधिकृत उद्योग र योजनाको अनुगमन



नेपालगन्ज । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले अनाधिकृत उद्योग र योजनाहरुको अनुगमन गरेको भन्दै व्यवसायीहरुले आपत्ति जनाएका छन् । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको कार्यक्षेत्र बाहीर रहेर बजार अनुगमन गरेको भन्दै व्यवसायीहरुले आपत्ति जनाएका हुन् ।

पूर्वमन्त्री समेत रहेका समितिका सभापति खानले नेपालगन्जका केही उद्योग र बर्दियाका केही योजनाहरुको अनुगमन गर्न भन्दै आज ती स्थानहरुमा पुगेका थिए । जिल्ला बजार अनुगमन समिति र जिल्ला स्थित उद्योगी व्यवसायीहरुको प्रतिनिधिमुलक संस्थालाई जानकारी नै नदिई खान उद्योग र योजना अनुगमनमा हिँडेको प्रति उद्योगी र व्यवसायीले आपत्ति जनाउका हुन् ।

नेपालगन्ज उद्योग बाणीज्य संघका उद्योग तर्फका उपाध्यक्ष चिरन्जिवी ओलीले उद्योग र व्यवसायको अनुगमन गर्न पाईने र बदमासी गर्नेहरुलाई कारवाही पनि हुनु पर्ने बताउँदै अनुगमनका नाममा अनाधिकृत निकायबाट उद्योगी व्यवसायीलाई त्रसित गराउन नपाइने बताए । उनले जिल्लामा बजार अनुगमन समिति रहेको र राज्यसँग उद्यागी व्यवसायीको अनुगमन गर्दा व्यवसायीक संस्थाको प्रतिनिधि रहने सहमती भएपनि बिभिन्न निकायबाट आफुखुसी अनुगमन गरेर व्यवसायीलाई प्रताडित बनाउने गरिएको गुनासो गरे ।

सभापति खानले आज बाँकेको केएल दुगड ग्रुपले संचालन गरेको उद्योकको अनुगमन गरेका थिए । त्यस उद्योगबाट उत्पादीत केही खाद्य सामाग्रीहरुमा कम तौल रहेको भन्दै सभापति खानले कारवाही गर्ने चेतावनी दिएका थिए । तर उद्योगका प्रबन्ध संचालक प्रदिप छाजेडले भने तौल गर्दै गरेको र सिलाई नगरेको बोरा तौलेर सभापति खानले प्रचारबाजी गरेको बताए । उनले आफ्नो परीचय समेत नदिई बिना पहिचानका केही ब्यक्तिहरु सहित उद्योगमा प्रवेश गर्न खोज्दा कर्मचारीहरुले परीचय मागेको विषयलाई खानले प्रचार सामाग्री बनाएको आरोप लगाए । उनले आफ्नो उद्योग सरकारको नियम र बिधिहरु भित्र रहेर काम गरिरहेको स्पष्ट पार्दै आधिकारीक निकायलाई सधैं उद्योगको अनुगमनका लागि खुल्ला रहेको बताए ।

खानले अनुगमनमा निस्कंदा बाँकेका कुनैपनि निकायलाई जानकारी नदिएको पाइएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले अनुगमनबारे अनविज्ञता प्रकट गरे । उनले अधिकार क्षेत्रका बिषयमा खबरकुराको जिज्ञासामा सर्बभौम संसदको समितिका हैसियतले अनुगमन भएको हुन सक्ने अनुमान गरे । उता प्रतिनिधिसभा नियमावलीको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको काम, कर्तब्य र अधिकारमा बजार अनुगमनको कुनै अधिकार प्रत्यायोजन गरेको देखिँदैन । समितिका सभापतिहरुलाई सामान्य भ्रमणमा निस्कंदा समेत सभामुखको अनुमति लिनुपर्ने ब्यवस्था भएको समितिको काम, कर्तब्य र अधिकारमा समितिका सभापति र पदाधिकारीलाई सिधै बजार अनुगमन गर्ने र कारवाही गर्ने ब्यवस्था देखिँदैन ।

यस्तो छ उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको काम, कर्तब्य र अधिकार :

 

सभापति खानले गरेको अनुगमनका विषयमा आफुलाई कुनै जानकारी नभएको नेपालगन्ज उद्योग वाणीज्य संघका अध्यक्ष टंक धामीले बताए । उनले राजश्व प्रशासनसँग सम्बन्धित निकाय र जिल्ला बजार अनुगमनले बाहेक अन्य निकायबाट उद्योग व्यवसायको अनुगमन गर्दै हिँड्नु खेदजनक भएको बताउँदै अनुगमन गर्ने निकायले कम्तीमा उद्योग वाणीज्य संघलाई जानकारी दिएर वा प्रतिनिधि लिएर अनुगमन गर्ने प्रचलन रहेको जानकारी दिए । ‘उद्योग व्यवसायी आफैमा संकटमा रहेका बेला आतंकित बनाउने तरीकाले जुनसुकै निकायले गरेको अनुगमन प्रति खेद प्रकट गर्दछु ।’ उनले भने ।

सभापति खानले भने समितिको काम नै अनुगमन गर्ने भएको दाबी गरे । उनले अनुगमन, अध्ययन र सुझाव दिने समितिको कार्यक्षेत्र भएको भन्दै त्यही अनुसार अनुगमन गरेको जनाए । उनले जिल्ला अनुगमनलाई जानकारी नदिएर आफु एक्लैले केही सहयोगी लिएर अनुगमनमा हिँडेको स्वीकार गर्दै उनले जिल्ला अनुगमनले सानासाना पसललाई मात्र जरिवाना तिराउने गरेको आरोप लगाए । ‘कसैलाई थाहा दिएनौं, किन थाहा दिने ? जिल्लाले खालि स-सना व्यापारीलाई मात्र अनुगमन गर्छ र जरिवाना तिराउँछ, ठुलामा पस्दैन ।’ उनले भने ।

 

 

 

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ७ : ०२ बजे

पाल्पाको तिनाउ सिमखोलामा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका २ सिसखोलामा ट्रिपरको ठक्करबाट एक

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

पोखरा । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

‘पर्यटन, कृषि, जलविद्युत परियोजनामा लगानी जुटाउन सके मुलुक समृद्ध बन्छ’

काठमाडौं । आइतबारदेखि दुईदिने ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नेपालमा सुरु

करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सीले लियो गरिब तथा जेहेन्दार विद्यार्थीको अभिभावकत्व

बुटवल । बुटवलमा संचालनमा रहेको करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सी प्रालीले

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म