२९ माघ २०८२, बिहिबार | February 12, 2026

सेकुङताल फन्को लगाउने पदमार्ग निर्माण



म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका-२ मा रहेको सेकुङताल फन्को लगाउने पैदलमार्ग निर्माण भएको छ । सङ्घीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र थासाङ गाउँपालिकाको लागत साझेदारीमा मुस्ताङ भित्रने पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले सेकुङताल संरक्षण गर्नुका साथै पूर्वाधार निर्माण भएको हो ।

गोलो आकारको सेकुङतालको वरपर ढुङ्गा बिछ्याएर एक सय ९१ मिटर पैदलमार्ग निर्माण भएको थासाङ गाउँपालिकाका इन्जिनियर विष्णु बाँस्तोलाले बताए । “तालमा बाहिरबाट बाढी पस्न नदिनका लागि एक सय २४ दशमव पाँच मिटर रिटेनिङ (पक्की) पर्खाल पनि बनाएका छौँ”, उनले भने, “ताल नजिकै दुईकोठे पक्की सार्वजनिक शौचालय निर्माण गरिएको छ ।”

इन्जिनियर बाँस्तोलाका अनुसार बेनी-जोमसोम सडकको ताङछराबाट सेकुङ हुदै भुतर्छोताल जोड्ने तीन किलोमिटर पाँच सय १० मिटर सडक पनि निर्माण भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयको ७० प्रतिशत र थासाङ गाउँपालिकाको ३० प्रतिशत साझेदारीमा पूर्वाधार निर्माण भएको हो ।

सेकुङका साथै भुतर्छो, टिटीताल र गुरुसाङवो गुफामा रु दुई करोड ९९ लाख ९७ हजार एक सय २६ लगानीमा पूर्वाधार निर्माण भएको इन्जिनियर बाँस्तोलाले बताए । खुला रहेकाले वरपरको पाखाबाट तालमा बाढी पस्ने समस्या थियो । ताल परिसरमा निर्माण भएको रिटेनिङ पर्खालले पाखोबाट आउने बाढी र पहिरो नियन्त्रणमा सघाउ पुगेको थासाङ गाउँपालिका-२ कोवाङका वडाध्यक्ष सन्तोष शेरचनले बताए ।

सेकुङतालको पृष्ठभूमिमा पूर्वतर्फ निलगिरि र पश्चिममा धवलागिरि हिमाल देख्न सकिन्छ । करिब एक सय ५० मिटर लम्बाइ र २० मिटर चौडाइको सेकोङताल समुद्री सतहबाट दुई हजार सात सय २५ मिटरको उचाइमा अवस्थित छ । ताल परिसरमा चौँरी, भेडाबाख्रा र गाईभैँसीको चरन खर्क छ । धवलागिरि र तिलिचोपिक हिमालको फेदीमा रहेको ताल परिसरको जङ्गल र एकान्त वातावरणका साथै वन्यजन्तु र पक्षीहरूको पनि अवलोकन गर्न सकिन्छ । आकाश खुलेको अवस्थामा धवलागिरि, तिलिचो पिक र निलगिरि हिमालको छायाँ देखिन्छ ।

ताल, हिमाल, वनजङ्गल, वन्यजन्तु र पक्षीहरुको एकैपटक अवलोकन गर्न पाउँदा निकै रमाइलो महसुस भएको म्याग्दीबाट सेकुङताल घुम्न गएका सुरेन गुरुङले बताए । सेकुङताल धवलागिरि आइसफल जाने पदमार्गको प्रवेश विन्दुमा पर्छ ।

ताल परिसरको चरन खर्कमा शरद र वसन्त ऋतुमा गाईभैँसी, भेडाबाख्रा र चौँरीगोठ रहन्छन् । सेकुङतालबाट पाँच मिनेट पैदलयात्रा गरेपछि भुर्छतोताल पुगिन्छ । प्राकृतिक सौन्दर्यले रमणीय तालमा पर्यटकको चहलपहल बढ्न थालेको छ । यसअघि सुनसान थियो । सडक, सुरक्षित पदमार्ग र ताल संरक्षण भएपछि पर्यटक भुल्न थालेका ताङछराको होलिडे क्याम्प होटलका सञ्चालक राजु गौचनले बताए ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  १० : ०९ बजे

टी-२० विश्वकप : दोस्रो खेलमा नेपाल आज इटालीसँग भिड्दै

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप क्रिकेटअन्तर्गत दोस्रो खेलमा नेपालले

निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाहीका लागि प्रेस काउन्सिललाई पत्राचार

काठमाडौं । निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घनको उजुरी परेका सञ्चारमाध्यम र

निर्वाचन आउन २१ दिन बाँकी : यस्ता छन् नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नागरिक

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीद्वारा निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

काँग्रेस उपसभापति शर्माले बुधबार रुपन्देहीका नेता कार्यकर्तालाई सम्बोधन गर्ने

बुटवल । आसन्न प्रतिनीधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसका