२९ माघ २०८२, बिहिबार | February 12, 2026

प्रधानमन्त्रीसँग बेलायतका विकासमन्त्रीको भेट



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका बेलायतका विकासमन्त्री एन्ड्रयू मिचेलले शिष्टाचार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय हित, आपसी चासो तथा विकासका विविध आयामबारे छलफल भएको थियो ।

त्यस अवसरमा प्रधानमन्त्री प्रचण्डबाट आगामी वैशाखमा नेपालले आयोजना गर्न लागेको लगानी सम्मेलनमा लगानीकर्तालाई नेपालमा पठाउन सहयोग गर्न आग्रह भएको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले द्विपक्षीय संयन्त्रको वार्ताबाट बेलायती गोर्खा सैनिकको माग सम्बोधन हुने विश्वास व्यक्त गर्दै आगामी दिनमा यसले सकारात्मक नतिजा दिने बताए ।

आजै नेपाल र बेलायतबीच ‘ग्रीन ग्रोथ नेपाल’ र ‘नेपाल इन बिजनेस’ सम्बन्धी सम्झौता भएको छ । यसै क्रममा बेलायतका विकासमन्त्री मिचेलले नेपालको सामाजिक–आर्थिक विकासका लागि बेलायतले थप सहयोग गर्ने र जलवायु परिवर्तनका मुद्दामा सघन सहकार्य गर्न बताए ।

भेटका बेला प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकार डा रुपक सापकोटा, नेपालका लागि बेलायती राजदूत रोव फिन, परराष्ट्र मन्त्रालयलगायत दुवै देशका उच्च अधिकारीको सहभागिता थियो ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ७ : ३६ बजे

जनविद्रोहको १८ महिनापछि बंगलादेशमा आज निर्वाचन, कडा सुरक्षा व्यवस्था

ढाका । बंगलादेशमा बिहीबार बिहानदेखि देशभरि प्रतिनिधि सभा निर्वाचन र

टी-२० विश्वकप : दोस्रो खेलमा नेपाल आज इटालीसँग भिड्दै

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप क्रिकेटअन्तर्गत दोस्रो खेलमा नेपालले

निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाहीका लागि प्रेस काउन्सिललाई पत्राचार

काठमाडौं । निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घनको उजुरी परेका सञ्चारमाध्यम र

निर्वाचन आउन २१ दिन बाँकी : यस्ता छन् नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नागरिक

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीद्वारा निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका