३१ बैशाख २०८१, सोमबार | May 14, 2024

वन सुरक्षा टोलीले बन्दुक पड्काएर नियन्त्रणमा लियो अवैध काठ



रौतहट । रौतहटस्थित सशस्त्र वन सुरक्षा गस्ती टोलीले विशेष सक्रियता देखाउँदै बन्दुक पड्काएर भए अवैध सालको गोलिया काठसहित टायर गाडा र पाडा बरामद गरेको छ ।

जिल्लाको पूर्विभेग वृन्दावन नगरपालिका-१ रामलाल वृन्दावन साझेदारी वन क्षेत्रभित्र वन सुरक्षा टोली र सर्लाहीका तस्करबीच जम्काभेट हुँदा टोलीले हवाई फायर गरेर गोलिया काठ लोड रहेको टायर गाडा र पाडा बरामद गरेको हो ।

डिवीजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रका अनुसार वन अधिकृत अनिल कुमार महतोको कमाण्डमा गएको टोलीले गएराति ११ बजे वन क्षेत्रभित्र गस्तीको क्रममा तस्कर समूहसँग भिडन्त भएको थियो । सो क्रममा टोलीले तीन राउण्ड हवाई फायर गरेपछि तस्कर समूह टायर सहितको काठ छोडेर भागेको थियो ।

टोलीले उक्त स्थानबाट तिनाथान गोलिया साढे ५७ फिट सालको काठ लोड रहेको एकथान टायर गाडा र एउटा पाडो बरामद गरेको प्रमुख मिश्रले जानकारी दिए । झण्डै दुई लाखभन्दा बढी मूल्यको काठसहितको टायर गाडा र पाडो आवश्यक कारबाहीको लागि डिवीजन वन कार्यालय चन्द्रनिगापुरमा ल्याइएको तथा घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

हिन्दूहरूको पर्व होली नजिकिँदै गर्दा जिल्लाको पूर्वी भेगमा सर्लाहीका अन्य क्षेत्रमा स्थानीय तस्करहरू चोरीलुकी काठ कटानी गर्न बढी सक्रिय देखिएकाले अहिले वन सुरक्षा गस्ती टोली अहोरात्र खटिएको डिवीजन वन कार्यालय रौतहटले जनाएको छ ।

चाँडपर्वको अवसरमा कर्मचारी तथा सशस्त्र वन सुरक्षा गार्ड विदामा बस्ने पुरानो मानसिक्ता बोकेका तस्कर हाल कर्मचारी र सुरक्षा टोलीको विशेष सक्रियताले हरेस खाएको डिवीजन वन कार्यालय रौतहटले दाबी गरेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ९ : ०१ बजे

लुम्बिनीको संरक्षण र विकासका लागि १२ बुँदे योजना प्रस्ताव

लुम्बिनी । लुम्बिनी विकास कोष र लुम्बिनी बचाउ महाअभियानको संयुक्त

छ हजार सात सय पाँच जनाले सम्पत्ति विवरण बुझाएनन्

काठमाडौं । सार्वजनिक पद धारणा गरेका छ हजार सात सय

भेरी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. राजन पाण्डे नियुक्त

नेपालगन्ज । सरकारले भेरी अस्पताल नेपालगन्जको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा अस्पतालमा

निर्वाचन प्रणालीबारे सभापति खतिवडा र प्रमुख आयुक्त थपलियाबीच छलफल

काठमाडौं । राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडा र प्रमुख

सिप्रदी ट्रेडिङले काठमाडौं महानगरलाई पुरानो गाडी बेचेको आरोप, कालोसूचीमा राख्न सिफारिस

काठमाडौं। सिप्रदी ट्रेडिङलाई ३ बर्ष कालोसूचीमा राख्न काठमाडौं महानगरपालिकाले सार्वजनिक