५ भदौ २०८३, शुक्रबार | August 22, 2026

वन सुरक्षा टोलीले बन्दुक पड्काएर नियन्त्रणमा लियो अवैध काठ



रौतहट । रौतहटस्थित सशस्त्र वन सुरक्षा गस्ती टोलीले विशेष सक्रियता देखाउँदै बन्दुक पड्काएर भए अवैध सालको गोलिया काठसहित टायर गाडा र पाडा बरामद गरेको छ ।

जिल्लाको पूर्विभेग वृन्दावन नगरपालिका-१ रामलाल वृन्दावन साझेदारी वन क्षेत्रभित्र वन सुरक्षा टोली र सर्लाहीका तस्करबीच जम्काभेट हुँदा टोलीले हवाई फायर गरेर गोलिया काठ लोड रहेको टायर गाडा र पाडा बरामद गरेको हो ।

डिवीजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रका अनुसार वन अधिकृत अनिल कुमार महतोको कमाण्डमा गएको टोलीले गएराति ११ बजे वन क्षेत्रभित्र गस्तीको क्रममा तस्कर समूहसँग भिडन्त भएको थियो । सो क्रममा टोलीले तीन राउण्ड हवाई फायर गरेपछि तस्कर समूह टायर सहितको काठ छोडेर भागेको थियो ।

टोलीले उक्त स्थानबाट तिनाथान गोलिया साढे ५७ फिट सालको काठ लोड रहेको एकथान टायर गाडा र एउटा पाडो बरामद गरेको प्रमुख मिश्रले जानकारी दिए । झण्डै दुई लाखभन्दा बढी मूल्यको काठसहितको टायर गाडा र पाडो आवश्यक कारबाहीको लागि डिवीजन वन कार्यालय चन्द्रनिगापुरमा ल्याइएको तथा घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

हिन्दूहरूको पर्व होली नजिकिँदै गर्दा जिल्लाको पूर्वी भेगमा सर्लाहीका अन्य क्षेत्रमा स्थानीय तस्करहरू चोरीलुकी काठ कटानी गर्न बढी सक्रिय देखिएकाले अहिले वन सुरक्षा गस्ती टोली अहोरात्र खटिएको डिवीजन वन कार्यालय रौतहटले जनाएको छ ।

चाँडपर्वको अवसरमा कर्मचारी तथा सशस्त्र वन सुरक्षा गार्ड विदामा बस्ने पुरानो मानसिक्ता बोकेका तस्कर हाल कर्मचारी र सुरक्षा टोलीको विशेष सक्रियताले हरेस खाएको डिवीजन वन कार्यालय रौतहटले दाबी गरेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ९ : ०१ बजे

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै महासङ्घ रुपन्देही

बुटवल । नेपाल पत्रकार महासङ्घ रुपन्देहीको समन्वयमा उत्कृष्ट वातावरण पत्रकारिता

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा आज एक जना

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

दाङ । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन गरिएको