२० माघ २०८२, मंगलबार | February 3, 2026

मणिमुकुन्द उद्यान समितिद्वारा उजिरसिंह माबिमा अक्षयकोष स्थापना, १ लाख ११ हजार १ सय ११ रुपैयाँ हस्तान्तरण



बुटवल । मणिमुकुन्द सेन उद्यान संरक्षण समिति, बुटवलले उजिरसिह माबिको अक्षयकोष स्थापना गर्न १ लाख ११ हजार १ सय ११ रुपैया हस्तान्तरण गरेको छ । आज एक समारोहका बीच बिद्यालयलाई उद्यान संरक्षण समितिबाट चेक हस्तान्तरण भएको छ ।

लुम्बिनी प्रदेश सभासदस्य तथा समितिका संस्थापक अध्यक्ष भोजप्रसाद श्रेष्ठ, राष्ट्रिय उद्यान महासंघ नेपालका केन्द्रीय अध्यक्ष खेम प्रसाद लुईटेल, समितिका अध्यक्ष माधव प्रसाद नेपाल, बुटवल उपमहानगरपालिका वडा नं २ का वडाअध्यक्ष सुनिल शाक्यले संयुक्तरुपमा विद्यालयका अध्यक्ष बिमल बहादुर शाक्यलाई चेक हस्तान्तरण गरे ।

चेक हस्तान्तरण कार्यक्रममा बोल्दै समितिका संरक्षक समेत रहेका लुम्बिनी प्रदेश सभासदस्य तथा समितिका संस्थापक अध्यक्ष श्रेष्ठले पर्यटकिय गन्तब्यस्थलका रुपमा आफनो पहिचान बनाएको मणिमुकुन्द सेन उद्यान सामाजिक कार्यमा समेत सधै अग्रसरता रहेको बताए । उनले संस्थापकहरुको धेरै मेहनत र योगदानकै कारण उद्यान अहिलेको अवस्थामा आईपुगेको बताए । उद्यानलाई अझै सुन्दर र सबैको गन्तब्यस्थल बनाउन दीर्घकालिन र अल्पकालिन योजना बनाएर क्रियाशील हुन समितिलाई उनले सुझाव दिए ।

समितका अध्यक्ष माधव नेपालले मणिमुकुन्द उद्यान देशकै अन्य उद्यानहरुलाई सिकाई केन्द्रका रुपमा रहेको भन्दै सितकालिन भग्नावशेष दरबार, मदारबाबाको मन्दिर जस्ता ऐतिहासिक स्थलको संरक्षणसंगै पर्यटकको गन्तब्य स्थलका रुपमा विकास गर्न सफल भएको बताए । वर्षेनी आन्तरिक र बाह्य पर्यटक बढाउने गरि गुरुयोजना अनुसार कामहरु गर्दै आएको उनले बताए । यसैगरि सन्चोबिसन्चो केन्द्र निर्माण गर्न, दुई वटा कुडुले घर निर्माण गर्ने, तारा मण्डल निर्माण गर्न, जिपलाईनको सम्भाव्यता अध्ययन लगायतका कामहरु भैरहेको उनले जानकारी दिए ।

महासचिव युवराज घिमिरेले उद्यानको सौन्दर्यिकरणलाई प्राथमिकता दिएर काम भैरहेको भन्दै २७ हजार स्क्वायर फुट क्षेत्रफलमा दुबो रोपन कार्य भैरहेको बताए । यसैगरि ३ वटा सेल्फि मुर्ति स्थापना तथा फागुन २५ गते महाशिवरात्रीको दिन शिवालय मन्दिर समुद्घाटनको तयारी समेत रहेको उनले बताए ।

हाल उद्यानमा १६ जनाले स्थायी, १७ जना दैनिक ज्यालादारी, अप्रत्यक्ष ४८ जनाले रोजगार पाएका छन ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ८ : ४६ बजे

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

ललितपुरबाट पेस्तोलसहित तीन जना नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले ललितपुरबाट आज पेस्तोलसहित तीन जनालाई

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको