५ चैत्र २०८२, बिहिबार | March 19, 2026

प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि गृहमन्त्री श्रेष्ठ नेपालगन्जमा



नेपालगन्ज । नेपालगन्जमा बिहीबारदेखि सुरु हुने लुम्बिनी प्रदेशस्तरीय दुईदिने सुरक्षा गोष्ठीका लागि उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ नेपालगन्ज आइपुगेका छन् ।

आज साँझ बुद्ध एयरबाट नेपालगन्ज आइपुगेका गृहमन्त्री श्रेष्ठलाई प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कुवेर कडायतलगायत बाँकेस्थित सुरक्षा प्रमुखले नेपालगन्ज विमानस्थलमा स्वागत गरेका थिए ।

भोलिदेखि सुरु हुने प्रदेशस्तरीय दुईदिने सुरक्षा गोष्ठीमा लुम्बिनी प्रदेशका १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, गृहमन्त्रालयका गृहसचिव, उच्चपदस्थ कर्मचारीहरु, प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरी, प्रमुख सचिव राधा अर्याल, गृहमन्त्री सन्तोष पाण्डे, गृहसचिव लालबाबु कवारीलगायतको सहभागिता रहने प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए ।

गृहमन्त्री श्रेष्ठले भोलिदेखि सुरु हुने ‘ट्राफिक सप्ताह–२०८०’ को उद्घाटन गर्ने कार्यक्रम रहेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराले बताए । नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा ‘सडक अनुशासन र सवारी दुर्घटना न्यूनीकरण’सम्बन्धी सप्ताह हुने जनाइएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ९ : १९ बजे

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौँ । प्रहरीले जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता रु २८४ खर्च

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन

नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते

काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ यही चैत १३ गते हुनेभएको

विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अमेरिकी डलर २८

स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकामा आयोगलाई धन्यवाद : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचनलाई