६ पुस २०८२, आइतबार | December 21, 2025

महासमिति बैठकमा मदनको प्रश्न- युवा कांग्रेसमा किन लाग्ने?



ललितपुर। नेपाली कांग्रेसको जारी महासमिति बैठकको समूहगत छलफलमा युवाहरू कांग्रेसमा किन लाग्ने भन्ने विषयमा प्रश्न उठेको छ। बुधबार कन्चनपुरका मदनराज उपाध्यायले आफ्ना अभिभावक कांग्रेस भएकै कारण सन्तान कांग्रेस हुने हो कि केही नीति छ भन्दै प्रश्न गरे।

उनले भने, “म २७ वर्षे युवा हो। म मेरो बुवा कांग्रेस भएकाले म कांग्रेस हुने ? युवा कांग्रेस किन हुने ? कांग्रेस हुने आधार के हो ? यो उत्तर चाहिन्छ।” उनले महासमितिमा जान युवाहरूलाई रोक्नेहरूलाई भोट फेरि युवाले नै हाल्नुपर्ने भन्दै आक्रोश पोखे।

“महासमिति जान नदिने, बच्चा हो नजा भन्ने अनि भोट चाहिँ हामीले हाल्नु पर्ने ? वडादेखि केन्द्रसम्म ५० प्रतिशत युवा हुनुपर्छ। नभए हामी किन चाहियो ?,” उनले भने, “किन कांग्रेसमा लाग्ने ? नेपाली कांग्रेसले अवसर दिएको छैन।”

नेताहरूले आफ्ना मान्छेलाई मात्रै भ्रातृ संगठनमा ठाउँ दिएको भन्दै उनले आपत्ति जनाए। “आज खल्तीको मान्छे भातृ संस्था बनाउनुहुन्छ। अधिवेशन नभएर नेता भेट्न ठिक्क छ। ग्राउन्डमा कहिले जाने हामी ? कसरी काम गर्ने ?” उनले प्रश्न गरे। उनले जात र धर्मको नाममा राजनीति नगर्न पनि सुझाव दिए।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  १० : ०८ बजे

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र