२९ माघ २०८२, बिहिबार | February 12, 2026

महासमिति बैठकमा मदनको प्रश्न- युवा कांग्रेसमा किन लाग्ने?



ललितपुर। नेपाली कांग्रेसको जारी महासमिति बैठकको समूहगत छलफलमा युवाहरू कांग्रेसमा किन लाग्ने भन्ने विषयमा प्रश्न उठेको छ। बुधबार कन्चनपुरका मदनराज उपाध्यायले आफ्ना अभिभावक कांग्रेस भएकै कारण सन्तान कांग्रेस हुने हो कि केही नीति छ भन्दै प्रश्न गरे।

उनले भने, “म २७ वर्षे युवा हो। म मेरो बुवा कांग्रेस भएकाले म कांग्रेस हुने ? युवा कांग्रेस किन हुने ? कांग्रेस हुने आधार के हो ? यो उत्तर चाहिन्छ।” उनले महासमितिमा जान युवाहरूलाई रोक्नेहरूलाई भोट फेरि युवाले नै हाल्नुपर्ने भन्दै आक्रोश पोखे।

“महासमिति जान नदिने, बच्चा हो नजा भन्ने अनि भोट चाहिँ हामीले हाल्नु पर्ने ? वडादेखि केन्द्रसम्म ५० प्रतिशत युवा हुनुपर्छ। नभए हामी किन चाहियो ?,” उनले भने, “किन कांग्रेसमा लाग्ने ? नेपाली कांग्रेसले अवसर दिएको छैन।”

नेताहरूले आफ्ना मान्छेलाई मात्रै भ्रातृ संगठनमा ठाउँ दिएको भन्दै उनले आपत्ति जनाए। “आज खल्तीको मान्छे भातृ संस्था बनाउनुहुन्छ। अधिवेशन नभएर नेता भेट्न ठिक्क छ। ग्राउन्डमा कहिले जाने हामी ? कसरी काम गर्ने ?” उनले प्रश्न गरे। उनले जात र धर्मको नाममा राजनीति नगर्न पनि सुझाव दिए।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  १० : ०८ बजे

टी-२० विश्वकप : दोस्रो खेलमा नेपाल आज इटालीसँग भिड्दै

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप क्रिकेटअन्तर्गत दोस्रो खेलमा नेपालले

निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाहीका लागि प्रेस काउन्सिललाई पत्राचार

काठमाडौं । निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घनको उजुरी परेका सञ्चारमाध्यम र

निर्वाचन आउन २१ दिन बाँकी : यस्ता छन् नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नागरिक

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीद्वारा निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

काँग्रेस उपसभापति शर्माले बुधबार रुपन्देहीका नेता कार्यकर्तालाई सम्बोधन गर्ने

बुटवल । आसन्न प्रतिनीधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसका