६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

कांग्रेस महासमिति बैठकमा पेश गरिएका चार वटा प्रस्ताव सर्वसम्मत पारित



ललितपुर । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा पेश गरिएका चार वटा प्रस्ताव सर्वसम्मत पारित भएका छन्।

उपसभापति पूर्णबहादुर खड्काले पेश गरेको नीति प्रस्ताव, महामन्त्री गगन थापाले पेश गरेको सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक राजनीतिक प्रस्ताव र लेखा समिति संयोजक श्याम घिमिरेले पेश गरेको लेखा परीक्षण प्रतिवेदन सर्वसम्मतीले पारित भएका हुन्।

महामन्त्री थापाले चार वटै प्रस्ताव पारित गरिदिन गरेको आग्रहमा महासमिति सदस्यहरूले तालि बजाएर पास गरिदिएका छन् । पास भएको प्रस्ताव कांग्रेस केन्द्रीय समितिले अनुमोदन गर्ने गरी चार वटै प्रस्ताव सर्वसम्मतीले पारित भएको हो ।

यससँग महामन्त्री थापाले पेस गरेको प्रतिवेदन अनुसार आगामी निर्वाचनमा कांग्रेस एकल रूपमा निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएको छ ।महामन्त्री गगन थापाले कांग्रेससहितको सत्ता गठबन्धनलाई भने निरन्तरता दिने बैठकले निर्णय गरेको जानकारी दिए ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  ५ : २१ बजे

बुटवलमा भोलिदेखि लुम्बिनी प्रदेश स्तरीय दोहोरी खेल प्रतियोगिता सुरु

बुटवल । लोक दोहोरी गीत प्रबद्र्धन गर्ने उद्देश्य सहित भोलिदेखि

जसपा छाडेका सांसदलाई विश्वासको मत दिनबाट रोक्न उपेन्द्र पुगे सर्वोच्च

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री

कार्यदलको बैठकमा सहमति जुटेन

काठमाडौं । सहकारी प्रकरण छानबिन गर्न बन्न लागेको संसदीय छानबिन

भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र

चितवन । कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए