४ भदौ २०८३, बिहिबार | August 21, 2026

बालकुमारी घटनाबारे जवाफ दिन सरकारलाई सभामुखको रुलिङ



काठमाडौं । सभामुख देवराज घिमिरेले दुईजनाको ज्यान जानेगरी भएको बालकुमारी घटनाबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले बालकुमारी घटना र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालासमेत दोषी रहेको छानबिन समितिको प्रतिवेदनको राय सुझाव कार्यान्वयनका विषयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका हुन् ।

यसअघि मन्त्री ज्वालाले राजीनामा दिनुपर्ने वा बर्खास्त गर्नुपर्नेलगायतका माग राखेर सांसदहरुले सरकार र संसदको ध्यानाकर्षण गराउँदै उठेर विरोध जनाएका थिए ।

गत १३ पुसमा दुई जना युवाको ज्यान जाने गरी बालकुमारी घटना भएको थियो । उक्त घटनाबारे छानबिन गर्न गठित समितिले मन्त्री ज्वालासहितलाई दोषी देखाउँदै तयार पारेको प्रतिवेदन गृहमन्त्री र प्रधानमन्त्रीलाई बुझाइसकेको छ । तर, मन्त्री ज्वालाले राजीनामा नदिएको र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि बर्खास्त नगरेपछि प्रतिपक्षी दलका सांसदहरुले विरोध जनाएका हुन् ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  १ : ०७ बजे

बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले अदालतबाट फैसला भई सजाय

उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलद्वारा २१ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक (पूर्णपाठ)

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि संयुक्त प्यानलले

जनता टेलिभिजनका अध्यक्ष पौडेल रिहा

काठमाडौं । जनता टेलिभिजनका अध्यक्ष विजयप्रसाद पौडेल रिहा भएका छन्

दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ

महेन्द्रनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले आज कैलालीको

जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज

नेपालगन्ज । बहुमूल्य जडीबुटी सङ्कलन, प्रशोधन, भण्डारण र विदेश निर्यातका