२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

बालकुमारी घटनाबारे जवाफ दिन सरकारलाई सभामुखको रुलिङ



काठमाडौं । सभामुख देवराज घिमिरेले दुईजनाको ज्यान जानेगरी भएको बालकुमारी घटनाबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले बालकुमारी घटना र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालासमेत दोषी रहेको छानबिन समितिको प्रतिवेदनको राय सुझाव कार्यान्वयनका विषयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका हुन् ।

यसअघि मन्त्री ज्वालाले राजीनामा दिनुपर्ने वा बर्खास्त गर्नुपर्नेलगायतका माग राखेर सांसदहरुले सरकार र संसदको ध्यानाकर्षण गराउँदै उठेर विरोध जनाएका थिए ।

गत १३ पुसमा दुई जना युवाको ज्यान जाने गरी बालकुमारी घटना भएको थियो । उक्त घटनाबारे छानबिन गर्न गठित समितिले मन्त्री ज्वालासहितलाई दोषी देखाउँदै तयार पारेको प्रतिवेदन गृहमन्त्री र प्रधानमन्त्रीलाई बुझाइसकेको छ । तर, मन्त्री ज्वालाले राजीनामा नदिएको र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि बर्खास्त नगरेपछि प्रतिपक्षी दलका सांसदहरुले विरोध जनाएका हुन् ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  १ : ०७ बजे

माछापुच्छ्रे बैंकले दियो दुर्गमको सामुदायिक विद्यालयलाई कम्प्युटर र प्रिन्टर

काठमाडौं । माछापुच्छ्रे बैंकले दुर्गम क्षेत्रको बिद्यार्थीहरुको सूचना प्रविधिको शिक्षालाई

बैंकिङ कसुर मुद्दामा फरार खजुराकी अनु पक्राउ

नेपालगन्ज । फरार अभियुक्त पक्राउलाई तिब्र पारेको बाँके प्रहरीले बैंकिङ

संविधानले आकार नै लिनसकेको छैन, बरु थप गिजोलिँदै गएको छ, समीक्षा र सुधार जरुरी छ : पूर्व सभामुख ढुङ्गाना

काठमाडौं । पूर्वसभामुख तथा संविधानविद् दमननाथ ढुङ्गानाले संविधानमा रहेका कमजोरीको

पतिको हत्या अभियोगमा पत्नी पक्राउ

दाङ । उपमहानगरपालिका–१८ बस्ने ५५ वर्षीय ओबिराम वलीको हत्या गरेको