५ भदौ २०८३, शुक्रबार | August 21, 2026

प्याव्सन तिलोत्तमाद्वारा ४ विधाका प्रतियोगिता सम्पन्न



तिलोत्तमा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) तिलोत्तमाको आयोजनामा बिहिबार नगरस्तरीय अन्तर विद्यालय चित्रकला, बक्तृत्वकला, फुटशल एवं ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।

तिलोत्तमा-९ शंकरपुरस्थित प्याब्सन सभाहलमा चित्रकला र बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको प्याब्सन तिलोत्तामाले भलवारीमा फुटशल र मधवलियाको जुडामा रहेको कभर्डहलमा ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको हो ।

प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्माको प्रमुख आतिथ्य रहेको कार्यक्रममा बक्तृत्वकला तर्फ नोबेल इन्भाइरनमेन्टका प्रतिभा न्यौपाने प्रथम, न्यू इन्भाइरनमेन्टका विनिशा बगाले द्धिप्तिय, संजीवनी शिक्षा सदनका विष्णु गैह्रे तृतीय तथा पामीर एकेडेमीका आयुष्मा ज्ञवालीले सान्त्वना स्थान हासिल गरे । यसैगरि चित्रकलातर्फ न्यू ईन्भाइरनमेन्टका अन्वेशा भण्डारी प्रथम, पामीर एकेडेमीका एलिश पाण्डे द्धिप्तिय, नोबेल इन्भाइरनमेन्टका श्रीषा महर्जन तृतीय र सिद्धार्थ बोर्डिङ्गका रिभा क्षेत्रीले चौथो स्थान हासिल गरे ।

बिहिबार नै भलवारीमा आयोजित फुटशलमा छात्रतर्फ लिटिल प्याराडाईज प्रथम हुदाँ कुवरवर्ति बोर्डिङ्ग द्धिप्तिय र प्यारामाउण्टले तृतीय स्थान हासिल गर्यो । यसैगरि छात्रातर्फको फुटशलमा विश्व एकता एकेडेमी प्रथम हुदाँ लिटिल प्याराडाईजले द्धिप्तिय स्थान हासिल गरेको फुटशल संयोजक एवं प्याब्सन नगरसचिव पवन सराङ्गकोटीले जानकारी दिए । उता तिलोत्तमा १६ स्थित कभर्डहलमा आयोजित ब्याडमिन्टन छात्रतर्फ युगल स्पर्धामा नोबेल इन्भाइरनमेन्ट प्रथम, अरनिको बोर्डिङ्ग द्धिप्तिय, पामीर तथा न्यू इन्भाईरनमेन्टले तेस्रो स्थान हासिल गरेका छन । छात्रा तर्फको युगल प्रतिस्प्रर्धामा पामीर एकेडेमी प्रथम, ज्ञानगंगा पाठशाला द्धिप्तिय अनि न्यू इन्भाइरनमेन्ट र नोबेल इन्भाइरनमेन्टले तेस्रो स्थान हासिल गर्न सफल भए ।

प्याब्सन तिलोत्तमा नगर कमिटी उपाध्यक्ष मधु प्रकाश ज्ञवालीको सभापतित्व रहेको कार्यक्रममा ब्याडमिन्टन संयोजक सुन्दर गुरूङ्ग, चित्रकला तथा बक्तृत्वकला संयोजक मधुप्रकाश ज्ञवाली, फुटशल संयोजक पवन सराङ्गकोटी, निणार्यकको तर्फबाट राममणि क्याम्पसका प्राध्यापक चन्द्रराज पराजुली, दीप बोर्डिङ्गका शिक्षक पुरुपोत्तम पाण्डे, एचबी रम्तेल र राजु खड्का लगायतको उपस्थिति रहेको थियो । सो अवसरमा प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गर्दै तिलोत्तमा कार्यसमिति उपाध्यक्ष एवं कार्यक्रमका अध्यक्ष मधुप्रकाश ज्ञवालीले, विद्यार्थिमा लुकेर रहेका प्रतिभा प्रस्फुटन गर्न प्रतियोगिता उपयोगी सावित भएको प्रतिक्रिया दिए । नगरसचिव पवन सरांगकोटीले सन्चालन गरेको प्रगियोगितामा प्याब्सन तिलोत्तमामा आवद्ध निजि तथा संस्थागत १५ विद्यालयका २०० बढी विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  ९ : २१ बजे

बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले अदालतबाट फैसला भई सजाय

उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलद्वारा २१ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक (पूर्णपाठ)

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि संयुक्त प्यानलले

जनता टेलिभिजनका अध्यक्ष पौडेल रिहा

काठमाडौं । जनता टेलिभिजनका अध्यक्ष विजयप्रसाद पौडेल रिहा भएका छन्

दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ

महेन्द्रनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले आज कैलालीको

जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज

नेपालगन्ज । बहुमूल्य जडीबुटी सङ्कलन, प्रशोधन, भण्डारण र विदेश निर्यातका