५ भदौ २०८३, शुक्रबार | August 21, 2026

चार करोडको लागतमा लोमान्थाङ खोलामा पुल निर्माण



म्याग्दी । कालीगण्डकी ‘करिडोर’ बेनी-जोमसोम-कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित लोमान्थाङ खोलामा पक्की पुल निर्माण भएको छ ।

बेनी-जोमसोम-कोरला सडक आयोजनामार्फत लोमान्थाङ खोलामा मोटर चल्ने पुल निर्माण भएको हो । पुल निर्माण भएपछि बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न सहज भएको छ । पुल रु चार करोड ६८ लाख दुई हजारको लागतमा निर्माण भएको हो । पुल निर्माण पूरा गरी हस्तान्तरण गरिएको आयोजनाका सूचना अधिकारी इन्जिनियर विष्णु चापागाईँले बताए ।

इन्जिनियर चापागाईँका अनुसार २०२ किलोमिटर दूरीको बेनी-जोमसोम कोरला सडकमा लोमान्थाङ खोलासहित थप छवटा गाडी चल्ने सडक पुल निर्माण भएका छन् । बेनी-जोमसोम कोरला आयोजनाले पाँचवटा पुल निर्माणका लागि विभिन्न निर्माण कम्पनीसँग रु ३१ करोड ६२ लाखमा ठेक्का सम्झौता भएको छ ।

लोमान्थाङ गाउँपालिकाको लोमान्थाङसहित किम्लिङ, नाम्डोक र भर्माखोलाको पुल निर्माणका लागि मुक्तिनाथ-अमित जेभीले विसं २०७६ असार ३१ गते ठेक्का सम्झौता गरेको थियो । बेनी-जोमसोम-कोरला सडक योजनामार्फत १३ वटा पक्की पुल र तीनवटा बेलीब्रिज निर्माण भएका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ८ : ०१ बजे

एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

गोरखा । एघार महिनामा फलेको गहुँ भित्र्त्याउन चुमभ्यालीका किसानलाई यतिबेला

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै, के-के छन् एजेण्डा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

काठमाडौं । आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको

वर्षाले विभिन्न सडक अवरुद्ध

काठमाडौं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दी । एक वर्षको अवधिमा म्याग्दीबाट रु ७३ करोड मूल्यबराबरको