२८ बैशाख २०८१, शुक्रबार | May 10, 2024

चार करोडको लागतमा लोमान्थाङ खोलामा पुल निर्माण



म्याग्दी । कालीगण्डकी ‘करिडोर’ बेनी-जोमसोम-कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित लोमान्थाङ खोलामा पक्की पुल निर्माण भएको छ ।

बेनी-जोमसोम-कोरला सडक आयोजनामार्फत लोमान्थाङ खोलामा मोटर चल्ने पुल निर्माण भएको हो । पुल निर्माण भएपछि बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न सहज भएको छ । पुल रु चार करोड ६८ लाख दुई हजारको लागतमा निर्माण भएको हो । पुल निर्माण पूरा गरी हस्तान्तरण गरिएको आयोजनाका सूचना अधिकारी इन्जिनियर विष्णु चापागाईँले बताए ।

इन्जिनियर चापागाईँका अनुसार २०२ किलोमिटर दूरीको बेनी-जोमसोम कोरला सडकमा लोमान्थाङ खोलासहित थप छवटा गाडी चल्ने सडक पुल निर्माण भएका छन् । बेनी-जोमसोम कोरला आयोजनाले पाँचवटा पुल निर्माणका लागि विभिन्न निर्माण कम्पनीसँग रु ३१ करोड ६२ लाखमा ठेक्का सम्झौता भएको छ ।

लोमान्थाङ गाउँपालिकाको लोमान्थाङसहित किम्लिङ, नाम्डोक र भर्माखोलाको पुल निर्माणका लागि मुक्तिनाथ-अमित जेभीले विसं २०७६ असार ३१ गते ठेक्का सम्झौता गरेको थियो । बेनी-जोमसोम-कोरला सडक योजनामार्फत १३ वटा पक्की पुल र तीनवटा बेलीब्रिज निर्माण भएका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ८ : ०१ बजे

पार्टी फुटले सरकारलाई कुनै असर गर्दैन : उपप्रधानमन्त्री  यादव

भक्तपुर । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले जनता

कोशी प्रदेशको बजेट अधिवेशन आह्वान

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको पाँचौं

रवि लामिछानेको बचाउमा ओली, कांग्रेसले छुद्र राजनीति गर्यो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधानमन्त्री रवि

नेपालमा कुस्तीः चुनौतीबीच संस्कृतिको संरक्षण

लुम्बिनी । ‘कुस्ती’को जन्म छ, तर व्यवस्थापन छैन, पहलवान जोगेन्द्र