२९ भदौ २०८३, सोमबार | September 14, 2026

शेरेसको थ्रिएस सुविधा सहितको शोरुम बुटवलमा शुभारम्भ



बुटवल । शेरेस कम्पनीको सेल्स, सर्भिस र स्पेयसपाट्सको शोरुममा बुटवलमा स्थापना भएको छ । विद्युतीय सवारी साधनको रुपमा नेपालको शिर्षस्थानमा रहेको शेरेसको शोरुमको शुक्रबार बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले शुभारम्भ गरे ।

शुभारम्भ कार्यक्रममा बोल्दै उनले विद्युतीय साधनको उपभोगले नेपालमा बर्षैनी अरबौंको पेट्रोल डिजेल आयातबाट गुमाउनुपर्ने राजवश्व जोगिने बताए । उनले गाडी बिक्री मात्रै नभएर यसको बेला बेलामा सर्भिस, स्पेयस पाट्सको प्रायाप्त उपलब्धता हुनुपर्नेमा समेत जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै नाडा रुपन्देहीका अध्यक्ष गणेश भट्टराई ले बुटवलमा विद्युतीय गाडीको रुपमा शेरेसको उपस्थिति आफैमा महत्वपूर्ण भएको बताएका थिए । उनले गाडीको पूर्ण सफलताको कामना समेत दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकालले सवारी साधानमा प्रयोग हुने ईन्धनको कारण नेपालले अरबौ रुपैयाँ गुमाउनुपर्ने अवस्था विद्यमान रहेको भन्दै यसलाई विद्यूतीय साधानले प्रतिस्थापन गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा एम ए डब्लु बृद्धि अटोकर्पका बिजनेश हेड प्रशन्न पन्तले शेरेर गाडी अमेरिकी टेक्नोलोजी अनुसार चीन मा उत्पादन हुदै आएको गाडी भएको बताएका थिए । उनले हाल सम्म यो कम्पनीको विद्युतीय गाडी नेपालमा सबैभन्दा बढि विक्री तथा बुकिङ्ग हुने गाडीको रुपमा रहेको बताएका थिए । उनका अनुसार नेपालमा ३ सय भन्दा बढि गाडी विक्रि भैसहेको छ ।

कार्यक्रममा ईएम मोटर्स का निर्देशक राजेश घिमिरेले बुटवलमा शोरुम उद्घाटन संगै कम्पनीको गाडीको शेल्स, सर्भिस तथा स्पेयर्स पाट्समा अन्य कही कतै जान नपर्ने गरी सेवा प्रवाह गर्ने बताएका थिए ।

शेरेरको ब्रान्ड फाईनान्स् अटामेटिभ उद्योगले सन् २०२३ मा विश्वको सबैभन्दा छिटो बढ्दै गरेको अटोमाबोईल ब्रान्डको रुपमा मान्यता दिएको छ । शेरेर युरो प्रवेश गर्ने पहिलो चिनियाँ अटोमेकर हो । यो विश्वका ७० देशमा रहेको छ । अमेरिकाको सिलिकन भ्यालीमा रहेको शेरेसले चीन, जापान र अमेरिकामा ३ वटा आर एण्ड डी कम्पनी केन्द्रसंग मिलेर उत्पादन गर्दै आएको छ ।

नेपालमा शेरेसका ३ र मिनी ईभी गरी र्दु वटा मोडलका गाडीहरु उपलब्ध रहेका छन् । जसको शेरेस ३ को कम्र्फट र प्रिमियम गरी दुई भेरियन्टामा रहेका छन् । जसको बजार मुल्य ४९ लाख ९९ हजार ५२ लाख ९९ हजारबाट सुरु भएको छ ।

शेरेसको मिनीईभी तिन वटा भेरियन्टमा उपलब्ध रहेको छ । लो ट्रिम १८० बेस अप्सन, मिड ट्रिम १८०, फुल अप्सन र टप ट्रिम २२० किमी अप्सन गरी ३ वटा रहेका छन् । जसको बजार मुल्य १३ लाख ९९ हजार, १६ लाख ४९ हजार, १७ लाख ९९ हजार रहेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ७ : ०६ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ