३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

शेरेसको थ्रिएस सुविधा सहितको शोरुम बुटवलमा शुभारम्भ



बुटवल । शेरेस कम्पनीको सेल्स, सर्भिस र स्पेयसपाट्सको शोरुममा बुटवलमा स्थापना भएको छ । विद्युतीय सवारी साधनको रुपमा नेपालको शिर्षस्थानमा रहेको शेरेसको शोरुमको शुक्रबार बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले शुभारम्भ गरे ।

शुभारम्भ कार्यक्रममा बोल्दै उनले विद्युतीय साधनको उपभोगले नेपालमा बर्षैनी अरबौंको पेट्रोल डिजेल आयातबाट गुमाउनुपर्ने राजवश्व जोगिने बताए । उनले गाडी बिक्री मात्रै नभएर यसको बेला बेलामा सर्भिस, स्पेयस पाट्सको प्रायाप्त उपलब्धता हुनुपर्नेमा समेत जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै नाडा रुपन्देहीका अध्यक्ष गणेश भट्टराई ले बुटवलमा विद्युतीय गाडीको रुपमा शेरेसको उपस्थिति आफैमा महत्वपूर्ण भएको बताएका थिए । उनले गाडीको पूर्ण सफलताको कामना समेत दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकालले सवारी साधानमा प्रयोग हुने ईन्धनको कारण नेपालले अरबौ रुपैयाँ गुमाउनुपर्ने अवस्था विद्यमान रहेको भन्दै यसलाई विद्यूतीय साधानले प्रतिस्थापन गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा एम ए डब्लु बृद्धि अटोकर्पका बिजनेश हेड प्रशन्न पन्तले शेरेर गाडी अमेरिकी टेक्नोलोजी अनुसार चीन मा उत्पादन हुदै आएको गाडी भएको बताएका थिए । उनले हाल सम्म यो कम्पनीको विद्युतीय गाडी नेपालमा सबैभन्दा बढि विक्री तथा बुकिङ्ग हुने गाडीको रुपमा रहेको बताएका थिए । उनका अनुसार नेपालमा ३ सय भन्दा बढि गाडी विक्रि भैसहेको छ ।

कार्यक्रममा ईएम मोटर्स का निर्देशक राजेश घिमिरेले बुटवलमा शोरुम उद्घाटन संगै कम्पनीको गाडीको शेल्स, सर्भिस तथा स्पेयर्स पाट्समा अन्य कही कतै जान नपर्ने गरी सेवा प्रवाह गर्ने बताएका थिए ।

शेरेरको ब्रान्ड फाईनान्स् अटामेटिभ उद्योगले सन् २०२३ मा विश्वको सबैभन्दा छिटो बढ्दै गरेको अटोमाबोईल ब्रान्डको रुपमा मान्यता दिएको छ । शेरेर युरो प्रवेश गर्ने पहिलो चिनियाँ अटोमेकर हो । यो विश्वका ७० देशमा रहेको छ । अमेरिकाको सिलिकन भ्यालीमा रहेको शेरेसले चीन, जापान र अमेरिकामा ३ वटा आर एण्ड डी कम्पनी केन्द्रसंग मिलेर उत्पादन गर्दै आएको छ ।

नेपालमा शेरेसका ३ र मिनी ईभी गरी र्दु वटा मोडलका गाडीहरु उपलब्ध रहेका छन् । जसको शेरेस ३ को कम्र्फट र प्रिमियम गरी दुई भेरियन्टामा रहेका छन् । जसको बजार मुल्य ४९ लाख ९९ हजार ५२ लाख ९९ हजारबाट सुरु भएको छ ।

शेरेसको मिनीईभी तिन वटा भेरियन्टमा उपलब्ध रहेको छ । लो ट्रिम १८० बेस अप्सन, मिड ट्रिम १८०, फुल अप्सन र टप ट्रिम २२० किमी अप्सन गरी ३ वटा रहेका छन् । जसको बजार मुल्य १३ लाख ९९ हजार, १६ लाख ४९ हजार, १७ लाख ९९ हजार रहेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ७ : ०६ बजे

अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्‍याउनुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

मानव सेवा आश्रमको मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन

काठमाडौं । मानवसेवा आश्रम सहयोगार्थ रु एक करोड ५० लाख

बाँकेमा रोकिएन नदीजन्य पदार्थको अवैध उत्खनन

नेपालगन्ज । बाँकेको राप्ती नदीमा अवैधरुपमा नदीजन्य पदार्थको उत्खनन गर्नेक्रम

यसवर्षका हज यात्रीलाई नेपालगन्जबाट विदाई, यस्तो छ हजको महत्व

नेपालगन्ज । यसवर्ष हज गर्न जाने बाँकेका हज यात्रीलाई बुधबार