१० असार २०८३, बुधबार | June 24, 2026

‘मिथ्या सूचनाबाट राजनीतिक उपलब्धिमाथि प्रहार’



काठमाडौं । पछिल्लो समयमा मिथ्या सूचनाबाट प्राप्त राजनीतिक उपलब्धिमाथि लगातार प्रहार हुन थालेको भन्दै चिन्ता व्यक्त गरिएको छ । सेन्टर फर मिडिया रिसर्च नेपालले आज यहाँ आयोजिना गरेको ‘नेपालमा सूचनाको चलखेल र लोकतन्त्र’ विषयक कार्यक्रममा सरोकारवालाले पछिल्ला समय गलत सूचनाका आधारमा सामाजिक सञ्जालमा गलत भाष्य स्थापित गर्न खोजिएको बताएका छन् ।

कार्यक्रममा ‘सूचना चलखेल नियन्त्रणमा राजनीतिक दलहरुको भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गर्दै पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले गलत सूचनाका माध्यमबाट लोकतन्त्र र लोकतान्त्रिक नेतृत्वविरुद्ध निरन्तर प्रहार हुन थालेको बताए । सूचनामा चलखेल नियन्त्रण गर्न राजनीतिक दलको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले दलका कार्यकर्ता तथा शुभेच्छुकको ‘डिजिटल’ ज्ञान बढाउने तथा सामाजिक सञ्जाल सञ्चालनको आचारसंहिता जारी गरी सोहीअनुसार प्रयोग गर्न कार्यकर्ता र समर्थकलाई आग्रह गर्नुपर्ने बताए ।

लोकतन्त्रले परिणाम दिन सक्दैन भन्ने भाष्य स्थापित गरेर दलहरुलगायत लोकतन्त्रका प्रमुख आधारस्तम्भ कमजोर भएका अवस्था र आमनागरिकमा व्याप्त निरासाको मौकामा केही तत्वले यिनै पक्षलाई उचालेर लोकतन्त्रमाथि प्रहार गर्न सक्नेतर्फ पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलले सचेत गराए ।

“देशमा नैरश्यता किन बढ्यो र देशको राजनीतिक संवेदशनीलता कहाँ र के कस्ता छन्, त्यसको नियमित लेखाजोखा गरेर त्यसलाई सम्बोधन गर्ने साझा रणनीति बनाउनुपर्छ”, दलहरुको ध्यानाकर्षण गराउँदै उनले भने, “सबैले तत्कालीन स्वार्थभन्दा माथि उठेर आ–आफ्ना तहबाट के गर्न सकिन्छ गरौँ, विद्यमान निराशाको बादल तोडेर सकारात्मक बाटो देखाउँदै आशा जगाउन सकौँ ।”

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जालमा आएका मिथ्या सूचनामा भर पर्न नहुनेमा जोड दिँदै मिथ्या सूचनाको संवेदनशीलताका बारेमा विद्यालय तहबाटै सचेत बनाउनुपर्ने बताए । “विद्यालय, समुदाय र परिवार नै बढ्ता जिम्मेवार हुनुपर्छ, कस्ता सूचना ग्रहण गर्ने, कस्ता सूचना बहिष्कार गर्ने भनी जानकार र जागरुक हुनुपर्छ”, उनले भने ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले सामाजिक सञ्जालले लोकतन्त्रको विकासमा सहयोग गर्नुपर्छ भन्दै यसमा सरोकारवालाबीच घनिष्ठ सहकार्यको आवश्यकता औँल्याए । “गलत सूचनाले विभिन्न समस्या सृजना गरेका छन्, सामाजिक सञ्जालले ल्याएका चुनौती समाना गर्न सबै तयार हुनुपर्छ”, उनले भने ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले गलत सूचनाको चलखेल रोक्न राजनीतिक दल, सञ्चारमाध्यम र सामाजिक अभियान्ताको महत्वपूर्ण भूमिका रहेको बताए । “मिथ्या सूचनाविरुद्ध सिङ्गो समाज एक ठाउँमा उभिनुपर्छ, यसलाई बेलैमा नियन्त्रण नगर्ने हो भने लोकतन्त्र हाम्रो हातबाट बाहिर जान सक्छ”, उनले भने ।

कार्यक्रममा विभिन्न राजनीतिक पार्टीबाट प्रतिनिधित्व गर्ने सांसदहरुले भ्रमपूर्ण सूचनाले सिङ्गो समाजलाई नै प्रभावित तुल्याएको उल्लेख गर्दै यसविरुद्ध एक भएर प्रस्तुत हुनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  ३ : ३५ बजे

रास्वपाको महाधिवेशन : नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम राष्ट्रिय

रास्वपाको महाधिवेशन निर्वाचन तालिका संशोधन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन

बुटवलको मुख्य औषधी बजारबाटै नक्कली औषधीको कारोबार

बुटवल। बुटवलको मुख्य व्यापारिक क्षेत्रमा नै नक्कली औषधीको अवैध कारोबार

लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन

भैरहवा । लुम्बिनी विकास कोषका पदाधिकारी पदका लागि खुला प्रतिस्पर्धामार्फत

हुलाकी राजमार्ग अन्तर्गत खजुरा खण्डको मुहार फेरिँदै

खजुरा । विगत ९ वर्षदेखि कन्तबिजोग पारिएको हुलाकी राजमार्ग अन्तर्गतको