१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

न्यायालयको राजनीतिकरणप्रति पूर्व न्यायाधीशहरुको चिन्ता



काठमाडौं । सर्वोच्च अदालतका पूर्व न्यायाधीशहरुले न्यायालयमा भइरहेको राजनीतिकरणप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । राष्ट्रिय सभाका पूर्व सदस्य अशोकनाथ तिवारीद्वारा ऐतिहासिक एवं सामसामयिक विषयवस्तुमा लेखिएका पाँचवटा कृतिहरु विमोचन कार्यक्रममा बोल्दै संवैधानिक कानूनका ज्ञाता एवं सर्वोच्चका पूर्व न्यायाधीश टोपबहादुर सिंहले न्यायालयका पछिल्ला घटनाहरुले अदालतमा अझ धेरै राजनीतक र आर्थिक प्रभाव बढ्दै गरेको देखिएको बताए ।गैरकानूनी काम गर्ने न्यायाधीशलाई सरुवा मात्रको कारवाही गर्ने प्रवृत्तिले गल्ती गर्ने न्यायाधीशहरु अझै हौसिने उनको भनाइ थियो।

यस्तै सर्वोच्चका पूर्व न्यायाधीश प्रकाश वस्तीले पनि न्यायालयमा राजनीतिकरण अन्त्य गर्नुको विकल्प नरहेको बताए। अधिवक्ता एवं कानूनविद् समेत रहेका लेखक तिवारीले पृथ्वीनारायण शाहका युवराज प्रतापसिंह शाहले तन्त्रविद्याको लहडमा विवाह गरेकी नेवार कन्या मैजु महारानीको विषयवस्तुमा लेखिएको कृति मैजु महारानी‚ निबन्ध संग्रहहरु हिरासत‚ चुनौती‚ पितृलोकको वर्णन र मैले नचिनेको म समेत पाँच कृतिहरु आज एकसाथ सार्वजनिक गरिएको हो।

हिमालय प्रतिष्ठानद्वारा आयोजित उक्त समारोहमा इतिहासकार डा․ सुरेन्द्र के․सीले राज्य सञ्चालनमा रहेका व्यक्तिहरुले यौनका सम्बन्धलाई उचित व्यवस्थापन गर्न नसक्दा के कस्ता दुर्घटना हुन्छन् भन्ने तथ्य मैजु महारानीमा प्रकट भएको बताए। प्रकाशित कृतिहरुका सम्बन्धमा इतिहासकार प्राज्ञ दिनेशराज पन्त‚ वरिष्ठ साहित्यकार तथा अनुसन्धानकर्मी पुष्कर लोहनी‚ हिन्दू संस्कृतिका ज्ञाता डा․ सत्यराज थपलिया लगायतले चर्चा गरेका थिए ।

हिमालय प्रतिष्ठानकातर्फबाट अध्यक्ष उच्च अदालतका पूर्व मुख्य न्यायाधीश शेषराज शिवाकोटीले आगामी दिनमा पनि प्रतिष्ठानले कानून‚ इतिहास र पूरातत्वका क्षेत्रमा विविध अनुसन्धान एवं प्रकाशन कार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  ८ : ५९ बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो