२४ भदौ २०८३, बुधबार | September 9, 2026

ट्राफिक सप्ताहमा चालक र सहचालकहश्रका लागि स्वास्थ्य शिविर



नेपालगन्ज । बाँके जिल्लामा जारी ट्राफिक सप्ताह अन्तर्गत आज चालक र सहचालकहरुका लागि स्वास्थ्य शिबिर संचालन गरिएको छ । विभिन्न कार्यक्रमहरू गरि ट्राफिक सप्ताह मनाउने क्रममा सार्वजनिक सवारीका चालक र सह–चालकहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके र जनसेवा फार्मेसीको संयुक्त आयोजनामा स्वास्थ्य शिविरको आयोजना गरिएको ट्राफिक प्रहरीले जनाएको छ । शिविरमा गाडीका चालक र सह–चालकहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख गोपीकृष्ण सुबेदीले बताए । उनले नेपालगन्ज बसपार्कबाट छुट्ने लामो दुरीका चालक तथा सहचालक गरी १५५ जनाको सुगर, प्रेसर, कान र आँखा निःशुल्क जाँच गरिएको जानकारी दिए ।

सुबेदीका अनुसार शिविरमा नेपालगन्ज अप्टिकल एण्ड भिजन सेन्टरले आँखा जाँच, ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्र नेपालगन्जले कानको जाँच र जनसेवा फार्मेसीले सुगर तथा प्रेसर जाँचको सेवा दिएको थियो । शिविरमा ८२ जना चालक, ५५ सहचालक र १८ जना विभिन्न समितिका कर्मचारीलाई जाँच गरिएकोमा ९ जनामा प्रेसर देखिएको प्रहरी निरीक्षक सुबेदीले बताए ।

ट्राफिक सप्ताह अन्तर्गत सवारी दुर्घटना न्यूनीकरण गर्न चालकको स्वास्थ्यलाई ख्याल गर्दै स्वास्थ्य अवस्था पत्ता लगाउन स्वास्थ्य शिविर आयोजना गरिएको उनले बताए ।

दुर्घटना न्यूनीकरणका लागि सञ्चालन गरिएको ट्राफिक सप्ताह अन्तर्गत बाँकेको नेपालगञ्ज, कोहलपुर, राँझा र खजुरा लगायत विभिन्न राजमार्गमा ट्राफिक सचेतना सम्बन्धी विभिन्न कार्यक्रमहरू भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

यसअघि ट्राफिक सप्ताहको पप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले उदघाटन गरेका थिए ।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  ९ : २७ बजे

सुनसान छन् सौराहाका होटल, पर्यटक भन्छन् नेपालको विपदमा कसरी रमाउनु

चितवन । पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै

जेनजी आन्दोलनबारे प्रचण्डको प्रश्न- ‘दोषी को थियो, लाभ कसले उठायो ?’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी

भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध

कर्णाली । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

पुरानै बहावमा बग्न थाल्यो पहिरोले थुनिएको किम्रोङ खोला

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ मा पहिरो खसेर थुनिएको किम्रोङ

‘भदौ २४ को विध्वंस लोकतन्त्रमाथिको योजनाबद्ध आक्रमण थियो’ : एमाले

काठमाडौं । नेकपा (एमाले)ले गत वर्ष भदौ २३ र २४