४ पुस २०८२, शुक्रबार | December 20, 2025

ट्राफिक सप्ताहमा चालक र सहचालकहश्रका लागि स्वास्थ्य शिविर



नेपालगन्ज । बाँके जिल्लामा जारी ट्राफिक सप्ताह अन्तर्गत आज चालक र सहचालकहरुका लागि स्वास्थ्य शिबिर संचालन गरिएको छ । विभिन्न कार्यक्रमहरू गरि ट्राफिक सप्ताह मनाउने क्रममा सार्वजनिक सवारीका चालक र सह–चालकहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके र जनसेवा फार्मेसीको संयुक्त आयोजनामा स्वास्थ्य शिविरको आयोजना गरिएको ट्राफिक प्रहरीले जनाएको छ । शिविरमा गाडीका चालक र सह–चालकहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख गोपीकृष्ण सुबेदीले बताए । उनले नेपालगन्ज बसपार्कबाट छुट्ने लामो दुरीका चालक तथा सहचालक गरी १५५ जनाको सुगर, प्रेसर, कान र आँखा निःशुल्क जाँच गरिएको जानकारी दिए ।

सुबेदीका अनुसार शिविरमा नेपालगन्ज अप्टिकल एण्ड भिजन सेन्टरले आँखा जाँच, ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्र नेपालगन्जले कानको जाँच र जनसेवा फार्मेसीले सुगर तथा प्रेसर जाँचको सेवा दिएको थियो । शिविरमा ८२ जना चालक, ५५ सहचालक र १८ जना विभिन्न समितिका कर्मचारीलाई जाँच गरिएकोमा ९ जनामा प्रेसर देखिएको प्रहरी निरीक्षक सुबेदीले बताए ।

ट्राफिक सप्ताह अन्तर्गत सवारी दुर्घटना न्यूनीकरण गर्न चालकको स्वास्थ्यलाई ख्याल गर्दै स्वास्थ्य अवस्था पत्ता लगाउन स्वास्थ्य शिविर आयोजना गरिएको उनले बताए ।

दुर्घटना न्यूनीकरणका लागि सञ्चालन गरिएको ट्राफिक सप्ताह अन्तर्गत बाँकेको नेपालगञ्ज, कोहलपुर, राँझा र खजुरा लगायत विभिन्न राजमार्गमा ट्राफिक सचेतना सम्बन्धी विभिन्न कार्यक्रमहरू भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

यसअघि ट्राफिक सप्ताहको पप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले उदघाटन गरेका थिए ।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  ९ : २७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको