४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

आइसीसी विश्वकप क्रिकेट लिग-२ : नेपाल र नेदरल्याण्डस भिड्दै



काठमाडौं । नेपालले आज आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजको अन्तिम खेलमा आज नेदरल्याण्डससँग खेल्दैँछ । त्रिभुवन विश्वविद्यालय, किर्तिपुरस्थित मैदानमा हुने यो खेल नेपाली समय अनुसार बिहान ९ः ३० बजेदेखि शुरु हुने छ ।

यस सिरिजमा नामिबियाले आफ्ना चार खेल जितेर ३ जितसहित ६ अंक हासिल गरेको छ भने त्यस्तै लिग-२ को पहिलो सिरिज पनि जितेको छ । त्यसैगरी नेदरल्याण्डसको ३ खेलमा २ अंक रहेको छ भने नेपालको पनि ३ खेलमा २ अंक रहेको छ ।

नेपाल र नेदरल्याण्डसबीच अहिलेसम्म केवल चार एकदिवसीय खेल भएका छन् । जसमा नेदरल्याण्डसले २ तथा नेपालले २ खेल जितेको छ । नेपालले आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल नेदरल्याण्डससँग नै २०१८ को अगस्त १ मा खेलेको थियो ।

नेपाल क्रिकेट संघ (क्यान) ले यस सिरिजका लागि रोहित पौडेल (कप्तान), आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी र सूर्य तामाङ रहेको टिम खेलाएको छ ।

लिग-२ मा ८ देश खेलिरहेका छन् । जसमा नेपालसहित नेदरल्याण्डस, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन् ।

आइसीसीका अनुसार लिग९२ मा शिर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडी रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ७ : ३७ बजे

फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापूमा हिंसात्मक प्रदर्शन

काठमाडौं । फ्रान्सबाट १६ हजार किलोमिटर टाढा दक्षिण प्रशान्त महासागरमा

धरौटीमा रिहा भए रवि ओड

काठमाडौं । नेपाल आइडल फेम गायक रवि ओड धरौटीमा रिहा

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ ७ गते

पर्यटन प्रवर्द्धन गर्न ठमेलमा हस्तकला मेला

काठमाडौं । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको प्रमुख पर्यटकीय गन्तव्य