११ बैशाख २०८३, शुक्रबार | April 24, 2026

स्यामुयले चुमे दोस्रो मिस्टर उजिरसिंह बडिबिल्डिङ प्रतियोगिताको उपाधि

प्रथम प्रदेशस्तरीय वुमन्स फिजिक्सको उपाधि रबिना कुँवरलाई



बुटवल । बुटवलमा सम्पन्न दोस्रो मिस्टर उजिरसिंह बडिबिल्डिङ प्रतियोगिताको उपाधि फिटनेश हबका स्यामुयल गुरुङले चुमेका छन । शनिबार भएको ओभरअल क्याटगरीमा अन्य प्रतिस्प्रर्धीलाई पछि पार्दै उनि उपाधि चुमेका हुन । उपाधिसंगै उनले नगद ५० हजार रुपैया, ट्रफि, प्रमाणपत्रबाट पुरस्कृत भए ।

यसैगरि प्रतियोगिता अन्तरगत जिल्लास्तरीय मेन्स फिजिक्सको उपाधि अखिल भण्डारीले चुम्दै नगद ५ हजार, ट्रफिबाट पुरस्कृत भए । यसैगरि रबिन दाहाल दोस्रो हुदै नगद २ हजार रुपैया, ट्रफि, प्रमाणपत्र र अरुण शाही तृतिय हुदै नगद ३ हजार, ट्रफि, प्रमाणपत्रबाट पुरस्कृत भए ।

यसैगरि प्रदेशस्तरीय वुमन्स फिजिक्सको उपाधि भने बुटवल फिटनेश एण्ड जिम हाउसकी रबिना कुँवर उपाधि जितेकी छिन । उपाधिसंगै उनले नगद १० हजार रुपैया, ट्रफिबाट पुरस्कृत भईन । उपविजेता रोयल फिटनेश दाङकी नम कुमारी थापा नगद ८ हजार तथा भालुभैरव जिमकी जुनु पुन तेस्रो हुँदै नगद ५ हजार रुपैया, ट्रफि, प्रमाणपत्रबाट पुरस्कृत भईन ।एक समारोहका बिच लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री सिके गुप्ताले प्रतियोगिताको उद्घाटन गरेका थिए ।

कार्यक्रममा उजिरसिह माबिकी समीक्षा बिकले जितगढि किल्ला र उजिरसिह थापाको ईतिहास बारेमा जानकारी दिदै बिस १८७२ मा जितगढीमा भएको युद्धमा अग्रेज सेनालाई उजिरसिह थापाको नेतृत्वमा नेपाली सेनाले पराजित गरेको ईतिहास रहेको बताईन ।

उजिरसिहलाई ३० वर्षको उमेरमा कर्णेलको पदवी दिएर जितगढीमा पठाईएको र उनको बीरकौशलताका कारण परम्परागत हातहतियारबाट लडेको नेपाली सेनाले अत्याधुनिक हतियारसहित सुसज्जित अग्रेज फौजलाई पराजित गरेको थियो । उनको ३१ वर्षकै उमेरमा औलोबाट उनको मृत्यु भएको थियो । जितगढीलाई सम्पदा सुचिमा राख्ने र उजिरसिहलाई राष्ट्रिय विभुति घोषित गर्न जरुरी रहेको उनले धारणा ब्यक्त गरिन ।

यसैबिच बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवि अर्याल, प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराई, नेपाल शारिरिक सुगठन तथा फिटनेश महासंघका केन्द्रीय उपाध्यक्ष सितु प्रसाद श्रेष्ठ, बुटवल नगर खेलकुद विकास समितिका संयोजक बोनिन पिया, बुटवल उपमहानगरपालिका खेलकुद शाखा प्रमुख कोपिला ज्ञवाली, मध्यपश्चिम प्रितना हेटक्वाटरका प्रमुख सेनानी दुर्गा बहादुर थापा, खेलकुद पत्रकार स्वस्तिक श्रेष्ठ, पावर लिफ्टिङ संघका अध्यक्ष चन्द्रमान श्रेष्ठले विजेता, उपविजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन ।

कार्यक्रममा नेपाल शारिरिक सुगठन तथा फिटनेश महासंघका केन्द्रीय उपाध्यक्ष सितु प्रसाद श्रेष्ठ नियमित ब्यायाम, सन्तलित आहारबिहारबाट बनाएको शरिरलाई प्रदर्शन गर्ने खेल नै शारिरिक सुगठन भएको बताए । राजधानी पछिको शारिरिर सुगठनको हबका रुपमा बुटवलको पहिचान बनेको उनले बताए ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ९ : ०८ बजे

राप्रपा नेता विक्रम पाण्डे पक्राउ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा पूर्वमन्त्री विक्रम

चौँथो जिल्लास्तरीय मेयर कप खुला तेक्वाण्डो शुरु

बुटवल । चौँथो जिल्लास्तरीय मेयर कप खुला तेक्वाण्डो प्रतियोगिता २०८३

तनहुँमा बस दुर्घटना : दुई जनाको मृत्यु, नौ जना गम्भीर घाइते

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शेरामा आज दिउँसो भएको

सुकुमवासी बस्तीका समस्या आफू नेतृत्वको सरकारले नै समाधान गर्ने प्रधानमन्त्रीको दाबी

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक सुकुमवासीहरुलाई ढुक्क भएर बस्न

साँखुमा गोली चल्यो, तीन जना लागुऔषध कारोबारी प्रहरीको नियन्त्रणमा

काठमाडौँ । काठमाडौँको साँखुमा प्रहरीले गोली चलाएर तीन जनालाई नियन्त्रणमा