६ पुस २०८२, आइतबार | December 21, 2025

लुम्बिनी प्रादेशिक अस्पतालमा थप नयाँ प्रविधि : आजदेखि डुओडेनोस्कोपी सेवा



बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालले सेवालाई विशिष्टिकृत गर्ने क्रममा आइतबारदेखि थप नयाँ प्रविधिबाट सेवा शुभारम्भ गरेको छ । अस्पतालमा डुओडेनोस्कोपी सेवा सञ्चालनमा आएको हो ।

यो प्रविधिको माध्यमबाट पित्त नली, सानो आन्द्रा लगायत पेट भित्र रोग तथा संक्रमणलाई डुरबिनको माध्यमबाट उपचार गर्न सहज हुने अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले जानकारी दिए । यो प्रविधि अनुसार आइतबार रुपन्देहीका ५५ र ७४ वर्षीया दुई जना महिलाको स्वास्थ्य परीक्षण गरी सेवा शुभारम्भ गरिएको मेसु डा. थापाले जानकारी दिए ।

अस्पालका डा. मोहन भुसालको नेतृत्वमा रहेको टोलीले मेसु डा. थापासहित डा. रामप्रसाद अर्याल, स्टाफनर्स माया ढकाल लगायतको सहयोगमा डुओडेनोस्कोपी गरेको हो । यो प्रविधिमा बिरामीको मुखबाट पातलो ट्यूब (एन्डोस्कोप) वा नाकको माध्यमबाट अन्ननली हुँदै पेटको स्तरसम्म घुसाएर क्यामेरामा हेर्ने गरिन्छ ।

पीत्त नली, सानो आन्द्रा लगायतमा हुने संक्रमण पहिचान गर्न यसले सहज हुने डा. भुसाल बताउँछन् । यो प्रविधि यस क्षेत्रमै पहिलो भएको बताउँदै उनले प्रादेशिक अस्पतालमा उपचार सेवा थप प्रभावकारी हुने दाबी गरे । यो प्रविधिसँगै केही समयमा इआरसीपी सेवा समेत सञ्चालन गर्ने तयारी रहेको मेडिकल सुपेरिटेन्डेन डा. थापाले जानकारी दिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ३ : ४६ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा