४ पुस २०८२, शुक्रबार | December 20, 2025

प्रथम कन्सल्टेन्सी फुटसलको उपाधी मानवीलाई



नेपालगन्ज । प्रथम कन्सल्टेन्सी खुल्ला फुटसल प्रतियोगिताको उपाधी मानवी फुटबल क्लब नेपालगन्जले जितेको छ। आइतवार नेपालगन्जको आदर्शनगरस्थित बागेश्वरी फुटसल मैदानमा सम्पन्न फाईनल खेलमा कोहलपुर-११ लाई एकको बिरुद्ध छ गोलले पराजित गर्दै मानवी क्लबले उपाधी जितेको हो।

उपाधीसंगै मानवीले नगद रु. ३० हजार र उपबिजेता कोहलपुर-११ ले नगद रु. १५ हजार सहित पदक र कप प्राप्त गरे। मानवी क्लबका सन्तोष महतरा प्रतियोगिताका उत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै प्रतियोगिता अवधिभर १६ गोल गरेका भुपेन्द्र शाही ठकुरी सर्बाधिक गोलकर्ता भए भने गोकर्ण पुनमगर उत्कृष्ट गोलरक्षक घोषित भए।

बिजयी खेलाडीहरुलाई रोयलका अध्यक्ष सुर्यमणी अधिकारी, सबिन घिमिरे, लुम्बिनी प्रदेश खेलकुद परिषद सदस्य नरेन्द्र थापा, सेफका अभिषेक नेपाली, फुटबलकर्मी जनक केसी, ज्ञानमणी अधिकारी लगायतले पुरस्कार, प्रमाणपत्र तथा ट्रफी प्रदान गरेका थिए।

रोयल नेपालगन्ज क्लबको आयोजनामा शनिवारदेखी शुरु भएको प्रतियोगितामा २४ वटा टोलीको सहभागिता रहेको थियो।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ९ : १९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको