५ बैशाख २०८३, शनिबार | April 18, 2026

प्रथम कन्सल्टेन्सी फुटसलको उपाधी मानवीलाई



नेपालगन्ज । प्रथम कन्सल्टेन्सी खुल्ला फुटसल प्रतियोगिताको उपाधी मानवी फुटबल क्लब नेपालगन्जले जितेको छ। आइतवार नेपालगन्जको आदर्शनगरस्थित बागेश्वरी फुटसल मैदानमा सम्पन्न फाईनल खेलमा कोहलपुर-११ लाई एकको बिरुद्ध छ गोलले पराजित गर्दै मानवी क्लबले उपाधी जितेको हो।

उपाधीसंगै मानवीले नगद रु. ३० हजार र उपबिजेता कोहलपुर-११ ले नगद रु. १५ हजार सहित पदक र कप प्राप्त गरे। मानवी क्लबका सन्तोष महतरा प्रतियोगिताका उत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै प्रतियोगिता अवधिभर १६ गोल गरेका भुपेन्द्र शाही ठकुरी सर्बाधिक गोलकर्ता भए भने गोकर्ण पुनमगर उत्कृष्ट गोलरक्षक घोषित भए।

बिजयी खेलाडीहरुलाई रोयलका अध्यक्ष सुर्यमणी अधिकारी, सबिन घिमिरे, लुम्बिनी प्रदेश खेलकुद परिषद सदस्य नरेन्द्र थापा, सेफका अभिषेक नेपाली, फुटबलकर्मी जनक केसी, ज्ञानमणी अधिकारी लगायतले पुरस्कार, प्रमाणपत्र तथा ट्रफी प्रदान गरेका थिए।

रोयल नेपालगन्ज क्लबको आयोजनामा शनिवारदेखी शुरु भएको प्रतियोगितामा २४ वटा टोलीको सहभागिता रहेको थियो।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ९ : १९ बजे

सिरुवारीमा ‘बेञ्चिङ’ बिधिबाट पहिरो रोकथाम

म्याग्दी । कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला सडक अन्र्तगत म्याग्दीको रघुगङ्गा गाउँपालिका-२

आज विश्व सम्पदा दिवस मनाइँदै

काठमाडौंं । सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले आज विश्व

इरानद्वारा हर्मुज जलमार्ग खोलियो, सैन्य जहाजलाई भने अझै रोक

तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज

मूल्यवृद्धि नियन्त्रण गर्न उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीको माग

बुटवल । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनको मूल्य बढेसँगै नेपालमा

होटल ब्यवसायीको भित्तेपात्रो बिमोचन तथा शुभकामना आदानप्रदान

बुटवल । होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीले नया वर्ष