१६ पुस २०८२, बुधबार | December 31, 2025

जसपाद्वारा मस्यौदा तयारी समिति गठन



काठमाडौं । जनता समाजवादी पार्टी, (जसपा) नेपालले महाधिवेशनमा प्रस्तुत हुने दस्ताबेजको मस्यौदा तयार गर्न समिति गठन गरेको छ ।
पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा २१ सदस्यीय राजनीतिक प्रतिवेदन मस्यौदा समिति गठन गरेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं सङ्गठन विभाग प्रमुख राजेन्द्र प्रसाद श्रेष्ठको संयोजकत्वमा २३ सदस्यीय पार्टी नीति तथा कार्यक्रम मस्यौदा समिति गठन भएको छ । यसैगरी आसन्न महाधिवेशनको लागि आर्थिक स्रोत व्यवस्थापन गर्न पार्टीका कार्यकारिणी सदस्य विजयकुमार यादवको संयोजकत्वमा छ सदस्यीय आर्थिक स्रोत व्यवस्थापन समिति गठन भएको सो पार्टीले जनाएको छ ।

पार्टी विधान २०८० को धारा ९७ अनुसारको केन्द्रीय विभाग र धारा ९९ अनुसारका पार्टी संयन्त्र गठन, पुनर्गठन, अध्यावधिक र सदस्य सङ्ख्या थप गरी जिम्मेवारी बाँडफाँट गरिएको प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख बस्नेतले बताए ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  १० : १४ बजे

नयाँ चुनौतीको सामना गर्न राष्ट्रिय मेलमिलाप आवश्यक : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राजनीतिमा उदाएका नयाँ

आजको मौसमको : तराईमा हुस्सु, हिमाल-पहाडमा आंशिक बदली

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन

अर्थतन्त्र उकास्न आज सर्वपक्षीय राष्ट्रिय संवाद हुँदै

काठमाडौं । देशको अर्थतन्त्र उकास्ने उद्देश्यले आज यहाँ शान्ति, स्थायित्व

बुटवल सडक खाना महोत्सव-२०८२ सुरु, संस्कृति, स्वाद र पर्यटन प्रवर्द्धनमा जोड

बुटवल । नेपाली मौलिक कला, संस्कृति, स्वाद र पहिचानको प्रवर्द्धन

शितलहरका कारण पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा समस्या

काठमाडौं । शितलहरका कारण निर्माणाधिन नारायणघाट-बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा