८ बैशाख २०८३, मंगलबार | April 21, 2026

हडतालको ६ दिन पछि इफेल टावर खुल्ला, दोस्रो पटक भएको थियो हडताल



पेरिस । ६ दिनको हडताल पछि विश्व प्रसिद्द एफिल टावर खुल्ने भएको छ । पेरिसको एफिल टावर हडतालका कारण ६ दिन बन्द भएपछि आइतबार आगन्तुकहरूका लागि पुनः खोल्ने अपेक्षा गरिएको हो ।

टावर व्यवस्थापन गर्ने तरिकाको आन्तरिक विवादका कारण गत सोमबार पहिलो पटक कामदारहरू त्यहाँबाट बाहिरिएका थिए । यसका अपरेटरले शनिबार युनियनहरूसँग सम्झौता भएको बताए पछि खुल्ने अपेक्षा गरिएको हो ।

गत तीन महिनामा प्रतिष्ठित ल्यान्डमार्कमा यो दोस्रो यस्तो स्ट्राइक हो । पेरिस यस गर्मीमा २०२४ ओलम्पिक खेलहरू आयोजना गरिदैँछ । टावरको व्यवस्थापन गर्दै आएको सेटेले टिकट लिइसकेकाहरूसँग माफी मागेको छ र उनीहरूलाई कारबाहीबाट प्रभावित बुकिङहरूको लागि क्षतिपूर्ति दिइनेसमेत बताएको छ । हडतालका कारणा लगभग १ लाख टिकटहरू रद्द हुन पुगेका थिए ।

शक्तिशाली कन्फेडेरेशन जेनेरेल डु ट्राभेल (सीजीटी) युनियनका अनुसार कर्मचारीहरूले सेटेजको को व्यापार मोडेलमा हड्ताल गर्ने निर्णय गरेको थियो, जुन यसले भविष्यमा आगन्तुक संख्याको बढेको अनुमानमा आधारित थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ७ : ५८ बजे

बुटवलमा अवैध गर्भपतनको बिगबिगी, असुरक्षित गर्भपतन गराउँदा १ महिलाको मृत्यु ३ जना पक्राउ

बुटवल । बुटवलमा असुरक्षित गर्भपतन गराउने ३ वटा फार्मेसीका संचालकलाई

प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई रास्वापाले तोक्यो जिम्मेवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय

गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइ

चितवन । गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइ भएको छ

सिरहा कारागारमा आन्तरिक प्रशासन कब्जा गर्ने प्रयास, २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा । सिरहा कारागारभित्र पुनः विवाद उत्पन्न भएपछि प्रहरीले २२

प्रधानमन्त्रीले योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति