५ भदौ २०८३, शुक्रबार | August 21, 2026

टालिस्काको निर्णायक गोलमा अल नासर विजयी



काठमाडौं । साउदी प्रो लिग अन्तर्गत अल नासरले अल शबाबलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल शबाबलाई ३-२ गोल अन्तरले पराजित गरेका हुन् ।

अल नासरको जितमा खेलको ८६ औँ मिनेटमा टालिस्काले निर्णायक गोल गरेका थिए । यस खेलमा उनले यसअघि ४६ औं मिनेटमा पनि गोल गरेका थिए । त्यस्तै क्रिस्टियानो रोनाल्डोले यस खेलको २१ औं मिनेटमा अल नासरले पाएको पेनाल्टीलाई गोलमा परिणत गरेका थिए ।

त्यसैगरी अल शबाबका लागि यानिक कारास्को र कार्लोसले एक एक गोल गरेका थिए । यस खेलको अतिरिक्त समयको १०२ मिनेटमा अल शबाबका अब्दुल्लाह राडीफले रातो कार्ड पाएका थिए ।

यो जितपछि अल नासरले महत्वपूर्ण ३ अंक हासिल गर्दै शिर्ष स्थानमा रहेको अल हिलालसँगको दूरी कम गरेको छ । अल नासरको २१ खेलमा ५२ अंक रहेको छ र लिगमा दोस्रो स्थानमा छ । त्यसैगरी एक खेल कम खेलेको अल हिलालको भने २० खेलमा ५६ अंक रहेको छ । त्यसैगरी अल शबाबको २१ खेलमा २४ अंक रहेको छ र लिगमा ११औं स्थानमा छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ८ : ०० बजे

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

साउनमा लुम्बिनी प्रदेशमा ४१८ सवारी दुर्घटना, ३५ जनाको मृत्यु

बुटवल । लुम्बिनी प्रदेशमा साउन महिनामा ४१८ वटा सवारी दुर्घटना

बासुदेव खोलामा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो

हेटौँडा। हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरकी ११ वर्षीया सुमित्रा ब्लोनको शव राप्ती

पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वका अग्ला हिमशृङ्खला र

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेइ) सङ्क्रमणबाट