७ श्रावण २०८३, बिहिबार | July 23, 2026

१४ किलो सुन तस्करीमा मुछिएका प्लाटिनम कलेजका संचालक जीवनकुमार गुरुङ पक्राउ



काठमाडौं । १४ किलो सुन तस्करीमा मुछिएका प्लाटिनम कलेजका संचालक जीवन कुमार गुरुङ पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गुरूङलाई सोमबार बिहान काठमाडौंको सामाखुसी क्षेत्रबाट पक्राउ गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन तस्करी गरी ल्याएको घटनामा उनलाई पक्राउ गरिएको सीआईबीका एसपी होबिन्द्र बोगटीले जानकारी दिएका छन् ।

बोगटीले भनेका छन्, “दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनामा पक्राउ पुर्जी जारी भएपछि गुरुङ फरार थिए । उनी आज पक्राउ परेका छन् ।” गुरुङलाई भन्सार कार्यालयको जिम्मा लगाउने तयारी भइरहेको जनाइएको छ ।

तस्करीको पूरक अनुसन्धानको क्रममा उनको संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको हो ।

गत मंसिर २१ गते फ्लाइ दुबईबाट काठमाडौं आएका चन्द्र घलेबाट त्रिभुवन विमानस्थल भन्सार कार्यालयले १४ किलो सुन बरामद गरेको थियो। सो समयमा भन्सार कार्यालयले विमानस्थलका केही कर्मचारीहरूलाई पनि पक्राउ गरेको थियो।

भन्सार कार्यालयले तस्करीमा संलग्न रहेको अभियोगमा मीनबहादुर घले, चन्द्र घले, कृष्णकुमार श्रेष्ठ, डनबहादुर गुरूङ र उनकी श्रीमती बिना गुरूङलाई मुख्य प्रतिवादी बनाएको छ। यस्तै विमानस्थलका कर्मचारी प्लम्बर शेरबहादुर बस्नेत, कार्यालय सहयोगी रमेश देउला, लेकबहादुर तामाङ, एयर कन्डिसनर चलाउनेरमर्मत गर्ने राधाकृष्ण श्रेष्ठ र अनिल श्रेष्ठविरूद्ध पनि मुद्दा दायर भएको छ ।

 

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ११ : ११ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क