११ श्रावण २०८३, सोमबार | July 27, 2026

संसद् भवनमा आन्दोलनकारी प्रवेश गरेपछि इन्स्पेक्टरसहित ३२ सुरक्षाकर्मीको जिम्मेवारी खोसियो



काठमाडौं । संसद भवनको सुरक्षा व्यवस्था कायम गर्न नसकेको अभियोगमा प्रहरी प्रधान कार्यालयले संसद भवनमा सुरक्षार्थ खटिएको प्रहरी युनिटलाई जिम्मेवारीबाट हटाएको छ ।

सोमबार दिउँसो लघुवित्तका ऋणी आन्दोलनकारीहरु निषेधित क्षेत्र पार गरेर नयाँ वानेश्वरस्थित संसद् भवन परिसरभित्र प्रवेश गरेका थिए । त्यसलगत्तै प्रहरी प्रधान कार्यालयले संसद् भवनको सुरक्षार्थ खटिएका प्रहरी निरीक्षकसहितको ३२ जनाको टोलीलाई जिम्मेवारीबाट हटाएको हो । सो टोलीलाई हटाएलगत्तै अर्को टोली परिचालन गरिसकिएको छ ।

घटनाबारे छानबिन गर्न उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति बनाइएको छ । समितिमा काठमाडौं प्रहरीका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीएसपी दिनेश घिमिरे सदस्य छन् ।

घटनाबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले तीन वटा सुरक्षा निकायका प्रमुखहरुसँग जानकारी माग गरेका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ८ : १९ बजे

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गतका विभिन्न तीन समितिको बैठक आज बस्दैछ

विश्वकप लिग-२ : नेपाल आज नामिबियासँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका र हरिनगर गाउँपालिकाका केही संवेदनशील

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौं । साउन महिनाको दोस्रो सोमबार आज भगवान् शिवको आराधना

सुनसरी तनावग्रस्त : झडप नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एकको मृत्यु, २२ जना घाईते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्ज बजारमा साउने सोमबारको बोलबम