५ भदौ २०८३, शुक्रबार | August 21, 2026

नयाँ पुष्तालाई संस्कार र परिकार चिनाउन मैजु खलको नेवाः भोज



बुटवल । नेवार समुदायको संस्कार संस्कृति जगेर्ना गर्न र नयाँ पुष्तामा नेवाः संस्कृतिको पहिचान दिन भन्दै बुटवलमा नेवाः भोजको आयोजना गरिएको छ । तिलोत्तमा मैजु खलःको आयोजनामा सोमबार गोलपार्कस्थित दुर्गा मन्दिर परिसरमा नेवाः भोज कार्यक्रम आयोजना गरिएको हो ।

नेवारी संस्कार संस्कृति जगेर्ना गर्ने उदेश्यका साथ भोजको कार्यक्रम गरिएको मैजु खलकी अध्यक्ष मिलन श्रेष्ठले बताईन् । नया पुष्तामा नेवारी खानपिन, भाषा, संस्कृतिको बारेमा चिनारी गर्न कार्यक्रम प्रभावकारी हुने उनले उनले अपेक्षा गरिन् ।

मैजु खलःले यसपटक संगै पाँचौ पटक नेवाः भोज कार्यक्रम सम्पन्न गरिसकेको छ । उनले भने । आज आयोजित भोजमा नेवाः परिकारहरु मध्यका १९ परिकारहरु समेटेर नेवारी खाना तयार गरिएको उनले बताईन ।

नेवाः प्रचलनमा मौसम अनुसार फरक फरक परिकारहरु पाक्ने गर्दछ । ती परिकारहरु मौसम परिवर्तनलाई मध्यनजर राख्दै माव स्वास्थ्यलाई आवश्यक खनिज र पौष्टीक पदार्थले भरिपूर्ण हुने गर्दछन् ।

भोज कार्यक्रमको एक समारोहकाबीच बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले उदघाटन् गरिन् । सो अवसरमा बोल्दै उनले नेपाल सबै जातजातीको फुलबारी भएको बताईन् । नेवार जातीहरु संस्कार, संस्कृतिमा धनि र नेपालकै गौरवका रुपमा भएको बताउँदै उनले नयाँ पुष्तालाई नेवारी भाषा, संस्कार, संस्कृति चिनाउन यहाका संघसंस्थाहरुको पहल महत्वपूर्ण रहेको उनले बताइन् ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ३ का वडाअध्यक्ष विष्णु ढकालले आफनो वडामा नेवारहरुको धेरै बसोबासी रहेको उल्लेख गर्दै त्यसको प्रवद्र्धनमा आफु लाग्ने प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रममा संस्थाका वरिष्ठ सल्लाहकार आनन्द भगत श्रेष्ठले नेवाः महिलाहरुले संस्थागत भई आफ्नो भाषा, संस्कार, संस्कृति संरक्षणका साथै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको उनले बताए । महिलाहरुले सामाजिक कार्यमा समेत विविध कार्यक्रम गर्दै आएको उनले बताए । मैजुका महासचिव सुनिता श्रेष्ठका अनुसार आजको भोजमा करीब ५ सय जनाले सहभागीता जनाएका थिए । महिलाहरु संगठित भई खोलिएको संस्थामा १ सय ३६ जना सदस्यहरु छन ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ९ : ०७ बजे

कांग्रेस महाधिवेशन रोक्न देउवा-खड्का सर्वोच्चमा, अन्तरिम आदेश माग

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै

शंखमुलको होस्टलमा युवकको हत्या, एक जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–१० शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा परिचय खुल्ने प्रमाणपत्र अनिवार्य

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघ, बाँकेको निर्वाचनमा मतदान गर्न

घण्टीघरमा रास्वपा केन्द्रीय समिति बैठक, वरिष्ठ नेता बालेन्द्र शाह मुस्ताङतिर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।