१ पुस २०८२, मंगलबार | December 16, 2025

त्रिकोणात्मक टी-२० श्रृंखला आजदेखि : नेपालले नामिबियासँग प्रतिस्पर्धा गर्दै



काठमाडौं । त्रिकोणात्मक टी-२० शृंखला अन्तर्गतको पहिलो खेलमा नेपालले मंगलबार नामिबियासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीच तीनदेशीय टी-२० शृंखला आजदेखि सुरु हुँदैछ । खेल आज बिहान साढे ११ बजे सुरु हुनेछ ।

आइसीसी क्रिकेट विश्वकप लिग-२ एसदिवसीय प्रतियोगिताको समाप्तिसँगै नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीच टी-२० क्रिकेट श्रृंखला हुन लागेको हो । नेपालले दोस्रो खेल भने बुधबार नेदरल्यान्ड्ससँग खेल्नेछ। शृंखलाको पहिलो चरणमा तीन वटै टोलीले एकअर्कासँग दुई/दुई खेल खेल्नेछन् ।

फेब्रुअरी २९ मा नामिबिया र नेदरल्यान्ड्सबीच तेस्रो खेल हुनेछ । मार्च १ तारिखमा नेपाल र नामिबियाबीच चौथो तथा मार्च २ तारिखमा नेपाल र नेदरल्यान्ड्सबिच पाँचौँ खेल हुनेछ। छैटौँ खेल मार्च ३ तारिखमा नामिबिया र नेदरल्यान्ड्सबीच खेलिनेछ ।

२०२४ को जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी-२० विश्वकपको तयारीका क्रममा यो शृंखला खेल्न लागिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । नेपालसँगै नामिबिया र नेदरल्यान्ड्स टी-२० विश्वकपमा छनोट भएका छन् ।

नेपाली टोली

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादब, अनिल शाह, राशिद खान, सागर ढकाल, आरिफ शेख र अविनाश बोहरा ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ७ : १९ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज