६ बैशाख २०८३, आइतबार | April 19, 2026

सरकारविरुद्द सामाजिक सञ्जालमा लेखेको भन्दै पाकिस्तानमा पत्रकार पक्राउ



इस्लामबाद । पाकिस्तानी पत्रकार र भिडियो ब्लगर असद अली तूर पक्राउ परेका छन् । संघीय अधिकारीहरूले राज्य र यसका अधिकारीहरू विरुद्ध दुर्भावनापूर्ण अभियान सञ्चालन गरेको आरोपमा उनलाइ गिरफ्तार गरेका हुन ।

उनीहरूका अनुसार सामाजिक सञ्जाल प्लेटफर्ममार्फत सरकार विरुद्ध जबरदस्ती, धम्की दिने र हिंसा भड्काउने उद्देश्यका साथ पोष्ट गरेको भन्दै उनी पक्राउ परेको जनाइएको छ ।

संघीय अनुसन्धान एजेन्सी (एफआईए) ले दुई दिनअघि तूरलाई ८  घण्टाभन्दा बढी समयसम्म हिरासतमा राखेको थियो, जसमा उनीसँग सोही सबन्धित आरोपमा सोधपुछसमेत गरिएको थियो ।

उनको प्रतिनिधित्व गर्ने वकिल इमान मजारी हाजिरले भने कि उनलाई मंगलबार बिहान इस्लामावादको एक अदालतमा ल्याइएको थियो र त्यसपछि पाँच दिनको लागि हिरासतमा पठाइएको छ ।

‘एफआईएले १० दिन हिरासत मागेको थियो तर अदालतले पाँच दिनको म्याद दिएको छ, हामी यस अवधिमा उहाँलाई सकेसम्म धेरै पहुँच प्राप्त गर्ने प्रयास गर्नेछौं र हामी उहाँको लागि जमानत खोज्ने प्रयास गर्नेछौं,’ उनले भनिन् । मजारी हाजिरका अनुसार कानून प्रवर्तन अधिकारीहरूले यसका लागि पूर्ण सहयोग गरिरहेको छन ।

पत्रकार तुरलाइ फेब्रुअरी २३ मा एफआईएमा हाजिर भएका थिए, जब उनलाइ विश्वास देखाउनको लागि विधिवत रूपमा नोटिस पठाइएको भने थिएन तर पनि उनलाई ८ घण्टा हिरासतमा राखिएको थियो । त्यसपछि सोमवार उनलाई सोमबार उपस्थित हुन २४ घण्टा भित्र अर्को सूचना पठाइएको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ७ : २९ बजे

काठमाडौंमा भेटियो ४ थान पेस्तोल र ५८ राउण्ड गोली

काठमाडौं । काठमाडौंको बिष्णुमती खोलाको किनारमा ठुलो परिमाणको हतियार फेला

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक आह्वान

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको

‘क्रुड आयल ’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ : आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका

विषादीरहित तरकारी उत्पादनमा किसान

टीकापुर । यहाँका किसान विषादीरहित प्राकृतिक तरकारी उत्पादनमा लागेका छन्