५ भदौ २०८३, शुक्रबार | August 21, 2026

त्रिकोणात्मक टी-२० सिरिज : टस जितेर पहिले फिल्डिङ गर्दै नेपाल



काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत नेदरल्यान्ड्स विरुद्धको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। टसमा नेपालका कप्तान रोहित पौडेलले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

खेल अहिले बिहान साढे ११ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदैछ। आजको खेलमा नेपालले दुई परिवर्तन गरेको छ । ललित राजवंशी र प्रजिश जिसी आज नेपालको प्लेइङ ११ मा छन्। अभिनाश बोहरा र विवेक यादव बेन्चमा छन् ।

मंगलबार भएको खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । २०७ रनको विशाल लक्ष्य पाएको नेपालले १९ ओभर खेल्दै १८६ रन बनाएको थियो। हिजो खेलमा नामिबियाका लोफ्टी एटनले कीर्तिमानी शतक बनाएका थिए । उनले ३३ बलमा सय रन पूरा गर्दै टी-२० मा छिटो सतक बनाउने नेपालका कुशल मल्लको रेकर्ड तोडेका थिए ।

फाइनल पुग्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । तर नेदरल्यान्ड्स निकै बलियो टोली भएकोले नेपालले सम्हालिएर खेल्नुपर्नेछ ।

नेपाल र नेदरल्यान्ड्सबीच हालसम्म टी-२० आई खेलमा ९ खेल भएका छन् । समान ४ खेलमा जित र हार नेपालले व्यहोरेको छ । एक खेल वर्षाको कारण रद्द भएको थियो ।

पछिल्लो पटक नेदरल्यान्ड्स र नेपालबीच टीयुमा त्रिकोणात्मक सिरिजमा २०२१ मा तीन खेल भएका थिए। नेपाल फाइनलसहित दुई खेलमा विजयी भएको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ११ : २८ बजे

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा

जब एक चिनियाँ व्यक्ति गाउँ फर्किए, बनाए झुर ठाउँलाई ‘पर्यटकीय हब’

गुइयाङ (चीन) । मध्य चीनको हेनान प्रान्तको राजधानी झेङझाउस्थित फक्सकनको

रास्वपाको सचिवालयमा ९ जना थपिए, विभिन्न पदाधिकारी र केन्द्रीय सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको संगठन विस्तार तथा

कांग्रेस महाधिवेशन रोक्न देउवा-खड्का सर्वोच्चमा, अन्तरिम आदेश माग

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै

शंखमुलको होस्टलमा युवकको हत्या, एक जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–१० शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा