१ पुस २०८२, मंगलबार | December 16, 2025

त्रिकोणात्मक टी-२० सिरिज : टस जितेर पहिले फिल्डिङ गर्दै नेपाल



काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत नेदरल्यान्ड्स विरुद्धको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। टसमा नेपालका कप्तान रोहित पौडेलले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

खेल अहिले बिहान साढे ११ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदैछ। आजको खेलमा नेपालले दुई परिवर्तन गरेको छ । ललित राजवंशी र प्रजिश जिसी आज नेपालको प्लेइङ ११ मा छन्। अभिनाश बोहरा र विवेक यादव बेन्चमा छन् ।

मंगलबार भएको खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । २०७ रनको विशाल लक्ष्य पाएको नेपालले १९ ओभर खेल्दै १८६ रन बनाएको थियो। हिजो खेलमा नामिबियाका लोफ्टी एटनले कीर्तिमानी शतक बनाएका थिए । उनले ३३ बलमा सय रन पूरा गर्दै टी-२० मा छिटो सतक बनाउने नेपालका कुशल मल्लको रेकर्ड तोडेका थिए ।

फाइनल पुग्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । तर नेदरल्यान्ड्स निकै बलियो टोली भएकोले नेपालले सम्हालिएर खेल्नुपर्नेछ ।

नेपाल र नेदरल्यान्ड्सबीच हालसम्म टी-२० आई खेलमा ९ खेल भएका छन् । समान ४ खेलमा जित र हार नेपालले व्यहोरेको छ । एक खेल वर्षाको कारण रद्द भएको थियो ।

पछिल्लो पटक नेदरल्यान्ड्स र नेपालबीच टीयुमा त्रिकोणात्मक सिरिजमा २०२१ मा तीन खेल भएका थिए। नेपाल फाइनलसहित दुई खेलमा विजयी भएको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ११ : २८ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज