९ श्रावण २०८३, शनिबार | July 25, 2026

अब राजस्थानमा दुइ सन्तान बढी हुनेले सरकारी जागिर नपाउने



राजस्थान । सर्वोच्च अदालतले राजस्थान सरकारको दुई सन्तान नियमलाई अनुमोदन गरेको छ । सर्वोच्च अदालतले दुईभन्दा बढी सन्तान भए सरकारी जागिर नदिने निर्णयलाइ भेदभाव नभएको बताएको छ । अदालतले यो प्रावधानको पछाडिको उद्देश्य परिवार नियोजनको प्रवर्धन गर्ने रहेको प्रस्टाएको छ ।

सर्वोच्च अदालतले पञ्चायतको चुनाव लड्न पनि यस्तै नियमलाई पनि हरियो संकेत दिएको थियो । सर्वोच्च अदालतले यो नियम नीतिको दायराभित्र आउँछ, यसमा हस्तक्षेप गर्न आवश्यक नरहेकोसमेत बताएको छ ।

सन २०१७ जनवरी २१ मा रक्षा सेवाबाट सेवानिवृत्त भएपछि रामजी लाल जाटले २५ मे २०१८ मा राजस्थान पुलिसमा राजस्थान पुलिस कन्स्टेबलको पदको लागि आवेदन दिएका थिए । उनको उम्मेदवारी राजस्थान प्रहरी मातहत सेवा नियम १९८९ को नियम २४ (४) अन्तर्गत १ जुन २००२ पछि दुई भन्दा बढी सन्तान भएको कारणले अस्वीकृत गरिएको थियो । सो नियम अनुसार उनलाइ सरकारी जागिरको लागि अयोग्य ठहर गरिएको थियो ।

यी नियम अनुसार ०१ जुन २००२ वा पछि दुई भन्दा बढी सन्तान भएको सेवामा नियुक्तिको लागि योग्य हुने छैन भनी उल्लेख गरेको छ । अदालतले भन्यो कि अपीलकर्ताले राजस्थान प्रहरीमा हवल्दार पदमा भर्तीको लागि आवेदन दिएका थिए र यस्तो भर्ती राजस्थान पुलिस अधीनस्थ सेवा नियम १९८९ द्वारा शासित रहने छ ।

पञ्चायत चुनाव लड्न योग्यताको शर्तको रूपमा समान प्रावधान पेश गरिएको थियो, जसलाई सर्वोच्च अदालतले सदर गरेको छ । त्यसपछि अदालतले दुईभन्दा बढी जीवित सन्तान भएमा उम्मेदवारलाई अयोग्य ठहराउने वर्गीकरण गैर भेदभावपूर्ण र संविधानको दायरा भन्दा बाहिर नरहेको ठहर गरेको थियो किनभने यो प्रावधानको पछाडिको उद्देश्य परिवार नियोजनको प्रवर्द्धन गर्नु हो ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहिबार  ९ : १९ बजे

दाङमा ट्राफिक प्रहरीद्वारा एक करोड ५० लाख भन्दाबढी राजश्व सङ्कलन

दाङ । ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२/०८३

आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु दश अर्ब राजस्व सङ्कलन

विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा

आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सारिँदै

काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा

आजको मौसम : एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका

अख्तियारकोे बार्षिक समीक्षा सम्पन्न : उजुरीहरूमध्ये सबै भन्दा बढी स्थानीय तहसँग सम्बन्धित

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८२/८३ को