२९ भदौ २०८३, सोमबार | September 14, 2026

दुध उत्पादक किसानले बुटवलमा गरेको शान्तिपूर्ण चक्काजाममा प्रहरीको हस्तक्षेप (फोटो फिचर)

शान्तिपूर्ण चक्काजाममा उत्रेका किसान माथि प्रहरीको बल प्रयोग



बुटवल । दुध उत्पादक किसानहरुले बुटवलमा गरेको शान्तिपूर्ण चक्काजाममा प्रहरी हस्तक्षेप गरेको छ । दुध बापतको भुक्तानी, मनपरी कायम गरिएको मूल्य खारेजी, भारतबाट अवैध रुपमा भित्रीरहेको दुध तथा दुग्धजन्य पर्दाथमा रोक लगायतका माग राखी आन्दोलनरत दुध उत्पादक किसानले बुटवलमा एक घण्टा गरेको चक्काजाममा प्रहरीले हस्तक्षेप गरेको हो ।

बुटवलको राजमार्ग चौराहमा जम्मा भएको दुध उत्पादक किसानहरुले पुर्वपश्चिम महेन्द्र राजमार्ग र सिद्धार्थ राजमार्ग लक्षित एक घण्टा चक्काजाम गरेका थिए । किसानले चक्काजाम गरेपनि नेपाल प्रहरीले जाम खुलाउन किसान माथि केही समय बल समेत प्रयोग गरेको थियो ।

शान्तिपूर्ण चक्काजाममा उत्रेका किसानहरु माथि बल प्रयोग भएपछि केही बेर प्रहरी र आन्दोलनरत किसान धकेलाधकेल समेत भएको थियो । ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितको नेतृत्वमा रहेको प्रहरी टोलीले केही कृषकलाई लछारपछार समेत गरेको थियो । चारैतर्फबाट सुरक्षाकर्मीले घेरिएपछि कृषकहरुले सकार विरुद्ध विभिन्न नारा लगाएका थिए ।

किसानहरुले राज्यले आफ्नो माग पुरा नगरुन्जुल आन्दोलन जारी राख्ने बताएका छन् । खुल्ला दुग्ध उत्पादक सहकारी संघ रुपन्देहीको आयोजनामा भएको विरोध कार्यक्रममा किसानहरुले दुधको भुक्तानी तुरुन्त गर, अघोषित मिल्क होलिडे बन्द गर, भारतिय दुध प्रतिबन्ध गर, कृषिमन्त्री राजिनामा दे, जस्ता नारा लगाएका थिए ।

दुध बिक्री गरेको करिब ६ अर्ब रुपैयाँ बक्यौता उठाउन देशभरका किसानले सोमबारबाट आन्दोलन सुरु गरेका थिए । केन्द्रीय सर्कलुर अनुसार विहिबार किसानहरुले ठाउँ ठाउँमा एक घण्टा चक्काजाम गरेका हुन ।

जिल्ला दूध उत्पादन सहकारी सङ्घ रुपन्देहीका उपाध्यक्ष खिमलाल पाण्डेले किसान आन्दोलनलाई थप सशक्त बनाउने बताएका छन् ।

दुग्ध विकास संस्थाको गत भदौदेखिको करिब ५८ करोड दूधको रकम भुक्तान गर्न बाँकी रहेको छ भने रुपन्देहीका सहकारी संस्थाहरूले दुग्ध विकास संस्थान लुम्बिनी दुग्ध वितरण आयोजना र अन्य निजी डेरीहरूमा गरी दुई करोड भन्दा बढीको भुक्तानी लिन बाँकी रहेको पाण्डेयले बताए ।

 

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहिबार  १ : ०५ बजे

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ

भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने

काठमाडौं । भारत सरकारले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध

असोज पहिलो सातादेखि पोखरा-दुबई सिधा उडान

गण्डकी । दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको

देउवा समूहद्वारा संस्थापनको प्रस्ताव अस्वीकार, छुट्टै महाधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको