१९ असार २०८३, शुक्रबार | July 3, 2026

नेदरल्यान्डसले दियो नामिबियालाई २४८ रनको विशाल लक्ष्य



काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गतको खेलमा नेदरल्यान्डसले नामिबियालाई २४८ रनको विशाल लक्ष्य दिएको छ । टियु क्रीकेट मैदानमा टस जित्दै पहिला ब्याटिङ गरेको नेदरल्यान्डसले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २४७ रन बनायो ।

नेदरल्यान्डसका माइकल लेभिटले उत्कृष्ट शतक प्रहार गरे । उनले ४९ बलमा शतक पूरा गरेका हुन् । उनले ६२ बलमा १३५ रन बनाए । साइब्रान्ड एंगलब्रेक्ट ७५ र तेजा निदामानुरुले १८ रनको योगदान दिए ।

बलिङमा नामिबियाका रुबेन ट्रम्पलम्यानले सर्वाधिक २ विकेट लिए । पहिलो खेलमा दुवै टोलीले नेपाललाई हराएका थिए ।

टी-२० अन्तर्राष्ट्रिय खेल अन्तर्गत टियु क्रिकेट मैदानमा आजको स्कोर अहिलेसम्मकै उच्च हो । यसअघि टी-२० खेलमा यो मैदानमा २३८ रनको उच्च स्कोर बनेको थियो ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहिबार  १ : २४ बजे

रोमाञ्चक खेलमा क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ मा

काठमाडौं । इन्जुरी समयको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको निर्णायक

पूर्वसांसद कोइरी पक्राउ

महोत्तरी । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य महोत्तरीको गौशाला-२

विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन

काठमाडौं । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत

अस्ट्रियालाई पराजित गर्दै स्पेन अन्तिम १६ मा

काठमाडौं । मिकेल ओयार्जाबालको दुई गोल र पेड्रो पोरोको शानदार

देशभर मनसुनी प्रभाव कायम, आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि