१ पुस २०८२, मंगलबार | December 16, 2025

नेदरल्यान्डसले दियो नामिबियालाई २४८ रनको विशाल लक्ष्य



काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गतको खेलमा नेदरल्यान्डसले नामिबियालाई २४८ रनको विशाल लक्ष्य दिएको छ । टियु क्रीकेट मैदानमा टस जित्दै पहिला ब्याटिङ गरेको नेदरल्यान्डसले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २४७ रन बनायो ।

नेदरल्यान्डसका माइकल लेभिटले उत्कृष्ट शतक प्रहार गरे । उनले ४९ बलमा शतक पूरा गरेका हुन् । उनले ६२ बलमा १३५ रन बनाए । साइब्रान्ड एंगलब्रेक्ट ७५ र तेजा निदामानुरुले १८ रनको योगदान दिए ।

बलिङमा नामिबियाका रुबेन ट्रम्पलम्यानले सर्वाधिक २ विकेट लिए । पहिलो खेलमा दुवै टोलीले नेपाललाई हराएका थिए ।

टी-२० अन्तर्राष्ट्रिय खेल अन्तर्गत टियु क्रिकेट मैदानमा आजको स्कोर अहिलेसम्मकै उच्च हो । यसअघि टी-२० खेलमा यो मैदानमा २३८ रनको उच्च स्कोर बनेको थियो ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहिबार  १ : २४ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज