१७ बैशाख २०८१, सोमबार | April 29, 2024

दक्षिण कोरियामा मुद्रास्फीतिका कारण तलब तथा ज्यालामा दोस्रो पटक समायोजन



सोल । मुद्रास्फीतिका कारण दक्षिण कोरियाको तलव तथा ज्याला लगातार दोस्रो वर्ष घटेको श्रम मन्त्रालयको तथ्याङ्कले बिहीबार देखाएको छ ।
रोजगार र श्रम मन्त्रालयको अनुसार, नियमित कर्मचारी भएका व्यवसायहरूमा मासिक औसत ज्याला २।५ प्रतिशतले बढेर २०२३ मा ३९ लाख ६६ हजार ओन (दुई हजार ९७० अमेरिकी डलर) पुगेको छ ।

सन् २०२३ मा मासिक तलब १.१ प्रतिशतले घटेर ३५ लाख ५४ हजार ओन पुगेको छ । जुन अघिल्लो वर्षको तुलनामा ०.२ प्रतिशतले कम हो ।
सन् २०२३ मा दक्षिण कोरियाको उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) अघिल्लो वर्षको तुलनामा ३.६ प्रतिशतले बढेको छ ।

व्यवसायमा प्रति कामदारको मासिक औसत कार्य घण्टा एक वर्ष अघिको तुलनामा १.६ प्रतिशतले घटेर सन् २०२३ मा १५६.२ घन्टा पुगेको छ ।

उत्पादन उद्योगले १७०.५ को सबैभन्दा लामो मासिक कार्य घण्टा रेकर्ड गरेका छन् । पानी, ढल र फोहोर व्यवस्थापन क्षेत्र १७० घण्टाको साथ निर्माण उद्योगले गत वर्ष १२८.७ को सबैभन्दा छोटो कार्य घण्टा दर्ता गरेको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहिबार  ५ : २७ बजे

इलाम उपनिर्वाचन : माङ्सेबुङ–५ मा स्वतन्त्रले १०३२ मत पाउँदा ठूला दलको ६९ कटेन

इलाम । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना

४०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। सोमबार नेपाली बजारमा सुनको मूल्य ४०० रुपैयाँले घटेको छ।

लगानी सम्मेलन : पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी

काठमा । काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक(निजी

बझाङमा रोचक प्रतिस्पर्धा, फेरि अघि लागे एमालेका भण्डारी

काठमाडौं। बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) को मतगणना

स्याङ्जामा चक्कु प्रहार गरी युवकको हत्या

वालिङ । स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको