७ चैत्र २०८२, शनिबार | March 21, 2026

गणपति मिष्ठान्न भण्डारको सातौं शाखा बुटवलको योगीकुटीमा उद्घाटन



बुटवल । रुपन्देहीमा छाटो समयमा धेरै शाखा विस्तार गरेको बुटवल ट्राफिक चौकको गणपति मिष्ठान्न भण्डारले सातौं शाखा बुटवल योगीकुटीमा शुभारम्भ गरेको छ ।

सातौं शाखाको रुपमा योगीकुटी शाखाको बुटवल उपमहानपालिका प्रमुख खेलराज पाण्डेले उद्घाटन गरे । उनले व्यवसायीक सफलताको शुभकामना दिदै पछिल्लो सयमा नेपालमा केही छैनन, व्यवसाय भन्नेहरुको लागि गणपतिले उदहारण पेश गरेको बताएका थिए ।

कार्यक्रममा बुटवल उपमहानरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तथा बुटवल उद्योग बाणिज्य संघका मनोनित सदस्य नरिश्वर शर्मा पौडेल, बुटवल उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष टंक प्रसाद गैरे, मिष्ठान्न तथा क्याट्रिङ्ग व्यवसायी संघका कमल पोखरेल लगायतयको सहभागीता रहेको थियो ।

१ करोड ५० लाख रुपैयाँ लगानीमा ६ जना व्यवसायीहरु नारायण केसी, मेघराज पन्थ, किरण थापा, डम्बर कुँवर, चुम बहादुर खत्री, माया ज्ञवालीको लगानीमा यो शाखा शुभारम्भ भएको हो ।

बुटवलको ट्राफिकचोक, मिलनचोक र देवीनगर तिलोत्तमाको मणिग्राम र ड्राइभरटोल र त्यस्तै सैनामैनाको मुर्गीयामा शाखा संचालन भएका छन् ।

बुटवलमा आज भन्दा २१ बर्ष पहिला स्थापना भएको गणपती मिष्ठान्न भण्डारको मिठाईमा ब्रान्डको रुपमा स्थापना भएको छ । यी शाखाबाट दैनिक १ सय ५० किलो ६० प्रकारका मिठाई विक्रि हुदै आएका छन् । जसको मुख्य फैक्ट्री ड्राईभर टोलमा स्थापना गरिएको अध्यक्ष नारायण केसीले जानकारी दिए ।

योगीकुटी शाखामा गणपतीको मिष्ठान्न सहित चिया घर समेत शुभारम्भ हुने छ । योगीकुटीमा किचनमा ७ जना, बाहिर १० जना गरी कुल १७ जना र सबै शाखामा रहेर कुल १ सय २० जना कर्मचारीले रोजगारी पाएका छन् ।

योगीकुटी शाखाको शुभारम्भको अवसरमा ३ दिन १७, १८, १९ गते विशेष छुटको समेत व्यवस्था गरिएको सञ्चालकले जानकारी दिए ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहिबार  ७ : २५ बजे

कर्णाली प्रदेशसभाबाट हिमाली जिल्लामा नियमित हवाई उडान गर्ने ६ बुँदे संकल्पपत्र पारित

कर्णाली । कर्णाली प्रदेशका हिमाली जिल्लाको नियमित हवाई उडान गर्न

दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

काठमाडौं । जलवायु परिवर्तनले बढ्दो विश्वव्यापी तापक्रमका कारण हिन्दुकुश हिमालय

सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँदछ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक एवं साँस्कृतिक विविधताबीचको एकताले

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६

ढोरपाटनमा भारी हिमपात

ढोरपाटन । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनसहित बागलुङको उच्च पहाडी