२५ मंसिर २०८०, सोमबार | December 11, 2023

बुटवलको देविनगरमा गणपति मिष्ठान्नको छैठौं फ्रेन्चाइजको औपचारिक शुभारम्भ आजदेखी



बुटवल । प्रतिष्ठित गणपति मिष्ठान्न भण्डारको छौठौं शाखा देवीनगरमा शुभारम्भ भएको छ । सोमबार बुटवल उपमहानरपालिकाका प्रमुख खेलराज पाण्डेयले रिवन काटेर मिष्ठान्न भण्डारको शुभारम्भ गरेका हुन ।

व्यवसायी मेघराज पन्थीले फ्रेन्चाइजको रुपमा देवीनगरमा सञ्चालनमा आएको छ । सोमबार बुटवल उपमहानरपालिकाका प्रमुख खेलराज पाण्डेले पसलको शुभारम्भ गर्दै व्यवसायीक सफलताको शुभकामना दिए । लामोसमय देखि सैनामैना नरपालिका वडा नम्बर १ मा पशुपालन फार्म सञ्चालन गर्दै आएका उनले देवीनगरमा शाखा सञ्चालनगरेका हुन ।

फार्ममा उत्पादित दुध, दही घ्यूबाट शुद्ध परिकार पस्कीने गरी यो शाखा शुभारम्भ गरिएको सञ्चालक पन्तले जानकारी दिए । सैनामैनामा रहेको उनको फार्ममा अहिले १ सय १५ वटा गाई र ४ वटा भैसी रहेका छन् भने दैनिक ३ सय लिटर दुध उत्पादन हुदै आएको छ ।

देवीनगरको मिष्ठान्न भण्डारमा उनले ११ जनालाई प्रत्यक्ष रुपमा रोजगारी दिएका छन् । पछि डेरीजन्य पोड्क्ट उत्पादन गर्दा थप २५ देखि ३० जनालाई रोजगारी दिने योजना रहेको जानकारी दिए । पहिलो चरणमा आम्दानीको १ प्रतिशत रकम सामाजिक क्षेत्रमा लगाउने समेत योजना रहेको सञ्चालक पन्थले जानकारी दिए ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ८ : ०७ बजे

संघीय संसदका महासचिव भरतराज गौतमले दिए राजीनामा

काठमाडौं। संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले पदबाट राजीनामा

प्रि–ओपन सेसनमा नेप्से सूचक २५.५५ अंकले बढ्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन आइतबार प्रि–ओपन सेसनमा नेप्से

अन्तर्राष्ट्रिय उडान नभएसम्म गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालीन धर्ना

भैरहवा। रुपन्देहीका संघ संस्था तथा व्यवसायीहरुले गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालिन

यसरी फेरियो पुम्दीकोटको परिचय

कास्की । पोखरा घुम्न आएका पर्यटक पोखरा बजार र आसपासको

‘चिनजानकै व्यक्तिबाट महिला हिंसा’

काठमाडौं । लैङ्गिक हिंसा अन्त्य गर्न स्थानीय सरकारको महत्वपूर्ण भूमिका