२५ मंसिर २०८०, सोमबार | December 11, 2023

गणपति मिष्ठान्नको फ्रेन्चाइज बुटवलको देवीनगरमा शुभारम्भ



बुटवल । बुटवलको प्रतिष्ठित गणपति मिष्ठान्नको छौठौं फ्रेन्चाइज बुटवलको देवीनगरमा शुभारम्भ हुने भएको छ । व्यावसायी मेघराज पन्थले डेढ करोड रुपैयाँको लगानीमा फ्रेन्चाइजका रुपमा गणपतिको शाखा देवीनगरमा शुभारम्भ गर्न लागेका हुन ।

शाखाको सोमबार बुटवल उपमहानरपालिकाका प्रमुख खेलराज पाण्डेले शुभारम्भ गर्ने कार्यक्रम तय गरिएको छ । विगत लामो समय देखि सैनामैना नरपालिका वडा नम्बर १ मा पशुपालन फार्म सञ्चालन गर्दै आएका मेघराज पन्थको करिव डेढ करोड एक लगानीमा देवीनगरमा उक्त शाखा शुभारम्भ हुन लागेको हो ।

फार्ममा उत्पादित दुध, दही घ्यूबाट शुद्ध परिकार पस्कीने गरी यो शाखा शुभारम्भ गरिएको उनले जानकारी दिए । आईतबार पत्रकार सम्मेलनको आयोजना गरी पन्थले निकट भविश्यमा डेरी जन्य खाद्यान्न समेत उत्पादन गर्ने गरी फार्म र बुटवलको मिष्ठान्न भण्डारलाई जोडर अगाडी बढ्न लागेको जानकारी दिए ।

सत प्रतिशत शुद्ध नेपाली घ्यूबाट उत्पादित २१ वटा मिठाई र २३ वटा फाष्टफुडका परिकारहरु पस्किने गरी मिष्ठान्न सञ्चालनमा ल्याउन लागेको उनको भनाई रहेको छ ।

सैनामैनामा रहेको उनको फार्ममा अहिले १ सय १५ वटा गाई र ४ वटा भैसी रहेका छन् भने दैनिक ३ सय लिटर दुध उत्पादन हुदै आएको छ । देवीनगरको मिष्ठान्न भण्डारमा उनले ११ जनालाई प्रत्यक्ष रुपमा रोजगारी दिएका छन् । पछि डेरी जन्य उत्पादन गर्दा थप २५ देखि ३० जनालाई रोजगारी दिने योजना रहेको जानकारी दिए । पहिलो चरणमा आम्दानीको १ प्रतिशत रकम सामाजिक क्षेत्रमा लगाउने समेत योजना रहेको सञ्चालक पन्थले जानकारी दिए ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ७ : २७ बजे

संघीय संसदको महासचिवमा पदम पाण्डे सिफारिस

काठमाडौं । संघीय संसदका महासचिवमा सचिव पदमप्रसाद पाण्डे सिफारिस भएका

संघीय संसदका महासचिव भरतराज गौतमले दिए राजीनामा

काठमाडौं। संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले पदबाट राजीनामा

प्रि–ओपन सेसनमा नेप्से सूचक २५.५५ अंकले बढ्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन आइतबार प्रि–ओपन सेसनमा नेप्से

अन्तर्राष्ट्रिय उडान नभएसम्म गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालीन धर्ना

भैरहवा। रुपन्देहीका संघ संस्था तथा व्यवसायीहरुले गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालिन

यसरी फेरियो पुम्दीकोटको परिचय

कास्की । पोखरा घुम्न आएका पर्यटक पोखरा बजार र आसपासको